म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना | Khabarhub Khabarhub

म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न  विभिन्न ११ योजनाका लागि एक करोड ५० लाख बजेट बिनियोजन गरेको छ । 

पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि एक करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखरा अन्तर्गतको एक योजनालाई ३० लाख बिनियोजन भएको हो । 

प्रमुख पोषनाथ शर्माले बजेट बिनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन र सम्झौताको प्रक्रिया अघि बढाएको बताए। धवलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि चक्रीय पदमार्ग योजना भने निर्देशनालय मार्फत कार्यान्वयन हुने उनले बताए। 

अन्नपूर्ण गाउँपालिका–५ का खोप्रा लेकमा पर्यटकीय पूर्वाधार र रघुगङ्गा गाउँपालिकाको काली बराह मन्दिर हुँदै धवलागिरी आइसफल जाने पदमार्ग योजनाका लागि २०-२० लाख बजेट प्राप्त भएको छ । 

रघुगङ्गा गाउँपालिका–४ को नागीदेवी मन्दिर संरक्षण, वडा न। ३ को गायत्री मन्दिर संरक्षण, वडा नं. –२ को माझखर्क–ओखरबोट हुदै साझपानी पदमार्ग, बेनी नगरपालिका –७ को शान्तिपार्क, वडा नं.–२ को ध्यानकुटी पूर्वाधार, वडा नं. ६ को मसिनढुंगा थाकनपोखरी एकपाटे पदमार्ग, धवलागिरी गाउँपालिका–५ मल्कवाङ डाडाकटेरी ररावर हुँदै ग्यासखार पदमार्ग र मालिका–७ बिम–तल्लोगाउँ पदमार्गका लागि १०-१० लाख बजेट प्राप्त भएको छ । 

म्याग्दीमा प्रदेश सरकारले पर्यटन सम्बन्धी योजनाका लागि आर्थिक वर्ष २०७८-७९ मा आठ वटा योजनालाई २० लाख, आर्थिक वर्ष २०७९-८० मा २१ योजनालाई एक करोड ९२ लाख, आर्थिक वर्ष २०८०-८१ मा १८  योजनालाई  एक करोड ५६ लाख बिनियोजन गरेको थियो । 

प्रशस्त पर्यटकीय स्थल भएपनि गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा कम बजेट बिनियोजन हुने र घट्नुका साथै योजनाले पूर्णता नपाउने समस्या देखिएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए।

आर्थिक वर्ष २०८०-८१ मा शुरु भएका १८  पदमार्ग सम्बन्धी योजना मध्य चार मात्र सम्पन्न भएका थिए । गत वर्ष शुरु भएको कालीबराह पदमार्ग बाहेकका योजनाले यो वर्ष निरन्तरता पाएका छैनन् । 

अधुरा योजनाबाट नागरिकले लाभ लिन नसक्ने भएकाले निर्माणाधीन कामका लागि बजेटको निरन्तरता आवश्यक पर्ने सरोकारवाला बताउँछन् । 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  १२ : ३० बजे

३ सय १९ केजी लागूऔषध चरेशसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले पर्सामा ठूलो परिमाणमा लागूऔषध चरेशसहित एक जनालाई पक्राउ

मधेशवादी दलहरूको बैठक : उपनिर्वाचन मुख्य एजेण्डा

काठमाडौं– मधेशवादी दलहरूको संयुक्त मोर्चा संघीय लोकतान्त्रिक मोर्चाको बैठक सुरु

‘वैदेशिक रोजगारबाट फर्केकाको सीपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ’

मोरङ– सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरूको सीप, पुँजी र प्रविधिलाई राष्ट्रहितमा

दुम्लिङ–छाङ्गरु जोड्ने घोरेटो बाटो निर्माण सुरु

दार्चुला– गत जेठ २५ गतेदेखि सङ्घीय सरकारको सर्शत बजेटमार्फत व्यास

मनाइयो ङातापोल मन्दिरको ३२३औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– भक्तपुरस्थित त:मारी (तौमधि:) मा ङातापोल मन्दिरको (पाँच तल्ले मन्दिर)