रियल मड्रिडले भिल्लारियलसँग बराबरी खेल्यो, बेलले पाए ‘रेडकार्ड’ « Khabarhub

रियल मड्रिडले भिल्लारियलसँग बराबरी खेल्यो, बेलले पाए ‘रेडकार्ड’


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रियल मड्रिडले स्पेनिस ला लिगामा बराबरी खेलेको छ । गएराति सम्पन्न खेलमा रियलले भिल्ला रियलसँग २–२ को बराबरी खेलेको हो ।

भिल्ला रियलको घरेलु मैदानमा भएको खेलमा रियलका लागि ग्यारेथ बेलले दुई गोल गरेका थिए । तर उनी खेलको इन्जुरी समयमा दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

खेलको १२ औं मिनेटमा नै भिल्लारियलका लागि मोरिनोले सुरुवाती गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा रियलका लागि बेलले पहिलो गोल गर्दै खेललाई बराबरीमा लगेका थिए । तर खेलको ७४ औं मिनेटमा भिल्ला रियलका लागि गोमेज बर्डोन्डोले गोल गर्दै खेललाई दुई एकको अवस्थामा लगेका थिए । खेल सकिँनै लाग्दा बेलले रियलका लागि बराबरी गोल गरेर भिल्ला रियलसँगको हारबाट जोगए । तर त्यसको केही समयपछि उनी रातोकार्ड खाँदै मैदान बाहिर भए ।

उनले १६९ दिनको गोल खडेरीपछि गोल गरेका थिए ।

बराबरीसँगै रियल खंक तालिकाको पाँचौ स्थानमा रहेको छ । उसले तीन खेलबाट पाँच अंक जोडेको छ ।

स्पेनिस लिगको शीर्ष स्थानमा एट्लेटिको मड्रिड रहेको छ । उसले तीन खेलबाट ९ अंक जोडेको छ भने दोस्रोमा एथलेटिको बिलबाओ रहेको छ । अंकतालिकामा उसको सात अंक रहेको छ ।

डिफेन्डिङ च्याम्पियन बार्सिलोना अंक तालिकाको ८ औं स्थानमा रहेको छ उसले तीन खेलबाट चार अंक बटुलेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : २९ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका