कीर्तिपुरमा माओवादीको सभा, समाजवादीका नेता पनि मिसिए (तस्बिरहरू) | Khabarhub Khabarhub

कीर्तिपुरमा माओवादीको सभा, समाजवादीका नेता पनि मिसिए (तस्बिरहरू)


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि दलहरूले बिहीबार अन्तिम प्रचार गर्दै छन् । मध्यरातिदेखि शून्य समय सुरु हुने भएपछि दलहरू मतदाता रिझाउने अन्तिम प्रयासमा लागेका हुन् ।

यही प्रयासमा नेकपा माओवादी केन्द्रले पनि बिहीबार कीर्तिपुरमा चुनावी सभा गरेको छ । उक्त अन्तिम चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर पुगेका छन् । प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डे पनि माओवादीको सभामा मिसिएका छन् ।

सभालाई सम्बोधनका लागि माओवादी उपाध्यक्ष अग्नि सापकोटा पनि पुगेका छन् । उनी केही दिनदेखि माओवादी उम्मेदवार डा. शिवशरण महर्जनलाई भोट माग्न कीर्तपुरमै खटिएका छन् ।

माओवादीले यस पटक नेकपा एकीकृत समाजवादीको साथ लिएर कीर्तिपुरमा प्राध्यापक डाक्टर महर्जनलाई मैदानमा उतारेको छ । ०७९ मा पनि माओवादीले उनैलाई टिकट दिएको थियो।

शिवशरणको साथमा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत रहेको नेताहरू बताउँछन् । यस्तै जसपाको असन्तुष्ट पक्ष र केही स्वतन्त्रका उम्मेदवारले पनि सघाइरहेको माओवादीको दाबी छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : १९ बजे

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी