कीर्तिपुरमा माओवादीको सभा, समाजवादीका नेता पनि मिसिए (तस्बिरहरू) « Khabarhub

कीर्तिपुरमा माओवादीको सभा, समाजवादीका नेता पनि मिसिए (तस्बिरहरू)


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि दलहरूले बिहीबार अन्तिम प्रचार गर्दै छन् । मध्यरातिदेखि शून्य समय सुरु हुने भएपछि दलहरू मतदाता रिझाउने अन्तिम प्रयासमा लागेका हुन् ।

यही प्रयासमा नेकपा माओवादी केन्द्रले पनि बिहीबार कीर्तिपुरमा चुनावी सभा गरेको छ । उक्त अन्तिम चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर पुगेका छन् । प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डे पनि माओवादीको सभामा मिसिएका छन् ।

सभालाई सम्बोधनका लागि माओवादी उपाध्यक्ष अग्नि सापकोटा पनि पुगेका छन् । उनी केही दिनदेखि माओवादी उम्मेदवार डा. शिवशरण महर्जनलाई भोट माग्न कीर्तपुरमै खटिएका छन् ।

माओवादीले यस पटक नेकपा एकीकृत समाजवादीको साथ लिएर कीर्तिपुरमा प्राध्यापक डाक्टर महर्जनलाई मैदानमा उतारेको छ । ०७९ मा पनि माओवादीले उनैलाई टिकट दिएको थियो।

शिवशरणको साथमा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत रहेको नेताहरू बताउँछन् । यस्तै जसपाको असन्तुष्ट पक्ष र केही स्वतन्त्रका उम्मेदवारले पनि सघाइरहेको माओवादीको दाबी छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : १९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी