नेप्से ८ अंकले घट्यो, कारोबार ८ अर्बबढी « Khabarhub

नेप्से ८ अंकले घट्यो, कारोबार ८ अर्बबढी


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.३० अंकले घटेको छ । नेप्से ०.३० प्रतिशतले घटेर २७४८.०५ विन्दुमा पुगेको हो । आज ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता शेयर कारोबार भएको छ । 

यस्तै ५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८३ हजार १२८ पटक शेयर किनबेच भएको छ । 

३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
१३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने १० वटा समूह घटेको छ । 

बिहीबार विकास बैंक समूह १.०५ प्रतिशतले बढेर ५ हजार ८६१.१२ विन्दुमा पुगेको छ । त्यस्तै, जीवन बीमा ०.४७ प्रतिशतले बढेर १३ हजार ५६७.८८ विन्दुमा र ट्रेडिङ समूह ९.२५ प्रतिशतले बढेर ४ हजार २२९.१९ विन्दुमा पुगेको छ । 

सबैभन्दा बढी हाइड्रोपावर समूह १.५८ प्रतिशतले घटेर ३ हजार ५७९.०३ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.११ प्रतिशतले घटेर २१.८६ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.८७ प्रतिशतले, फाइनान्स ०.९७ प्रतिशतले, होटल तथा पर्यटन १.५८ प्रतिशतले, लगानी ०.८७ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.८६ प्रतिशतले, लघुवित्त ०.६२ प्रतिशतले, निर्जीवन बीमा ०.५४ प्रतिशतले र अन्य समूह १.४१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै