नेप्से ८ अंकले घट्यो, कारोबार ८ अर्बबढी « Khabarhub

नेप्से ८ अंकले घट्यो, कारोबार ८ अर्बबढी


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.३० अंकले घटेको छ । नेप्से ०.३० प्रतिशतले घटेर २७४८.०५ विन्दुमा पुगेको हो । आज ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता शेयर कारोबार भएको छ । 

यस्तै ५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८३ हजार १२८ पटक शेयर किनबेच भएको छ । 

३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
१३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने १० वटा समूह घटेको छ । 

बिहीबार विकास बैंक समूह १.०५ प्रतिशतले बढेर ५ हजार ८६१.१२ विन्दुमा पुगेको छ । त्यस्तै, जीवन बीमा ०.४७ प्रतिशतले बढेर १३ हजार ५६७.८८ विन्दुमा र ट्रेडिङ समूह ९.२५ प्रतिशतले बढेर ४ हजार २२९.१९ विन्दुमा पुगेको छ । 

सबैभन्दा बढी हाइड्रोपावर समूह १.५८ प्रतिशतले घटेर ३ हजार ५७९.०३ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.११ प्रतिशतले घटेर २१.८६ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.८७ प्रतिशतले, फाइनान्स ०.९७ प्रतिशतले, होटल तथा पर्यटन १.५८ प्रतिशतले, लगानी ०.८७ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.८६ प्रतिशतले, लघुवित्त ०.६२ प्रतिशतले, निर्जीवन बीमा ०.५४ प्रतिशतले र अन्य समूह १.४१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : १२ बजे

गोसाईंकुण्डमा तीन वडाका ४० प्रतिशत मानिस सम्पर्कविहीन छन् : वडाध्यक्ष तामाङ

काठमाडौं– चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको बाढीले नुवाकोटको त्रिशूली

बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी

काठमाडौं- चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको बाढीले नुवाकोटको

नेपाली सेनाको तीनवटा हेलिकप्टर उद्दारमा परिचालन

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको उद्दारमा नेपाली सेनाले

टिमुरेबासीको हारगुहार- हामी २०० जनाजति उद्धारको पर्खाइमा छौँ, हेलिकप्टर आकाशमा घुमिरहेका छन्

काठमाडौं- रसुवाको टिमुरे बजारमा बाढीका कारण करिब २०० जना उद्धारको

बाढीपीडितको उद्धारमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने

काठमाडौं– तिब्बतबाट आएको भीषण बाढीले रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा