‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ दुबैको भन्दा ‘पूर्णबहादुरको सारङ्गी’ कमाइ बढी « Khabarhub

‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ दुबैको भन्दा ‘पूर्णबहादुरको सारङ्गी’ कमाइ बढी

अनुमानित २६ लाख थान टिकट बिक्री


१३ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत दशैँलाई लक्षित गरी चार नेपाली फिल्म प्रदर्शनमा आएका थिए । घटस्थापना अर्थात् असोज १७ बाट बेहुली फ्रम मेघौली प्रदर्शनमा आयो ।

स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत केन्द्रीय भूमिकामा रहेको उक्त फिल्म सुरुवाती दिनमा उच्च अकुपेन्सीका साथ चल्यो । दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया आयो ।

असोज २४ अर्थात् फूलपातीबाट एक साथ तीन फिल्म घर ज्वाइँ, छक्का पञ्जा–५ र १२ गाउँ प्रदर्शनमा आयो । जितु नेपाल र नीति शाहको केन्द्रीय भूमिकामा रहेको घर ज्वाइँले लगानी सुरक्षित गरेको निर्माण पक्षको दाबी छ । तर, यसको बक्स अफिस कलेक्सन सम्झना लायक बनेन ।

अन्य दुई फिल्म छक्का पञ्जा–५ र १२ गाउँको व्यापारले फिल्मी बजार नै ततायो । एकसाथ तीन फिल्म प्रदर्शनमा आएपछि शो सङ्ख्या कटौतीप्रति असन्तुष्टि जनाउँदै निश्चलले आफ्नो फिल्म बेहुली फ्रम मेघौलीलाई हलबाट उतारे ।

चलचित्र विकास बोर्डका अनुसार १४ दिन हलमा चलेको बेहुली फ्रम मेघौलीले चार करोड रुपैयाँको व्यापार गरेको छ । छक्का पञ्जा–५ र १२ गाउँलाई दर्शकले रुचाए । फलतः प्रदर्शनको चौथो सातासम्म यी दुई फिल्मले हाउसफूल दर्शक पाए ।

यी दुई फिल्मको प्रतिस्पर्धा ‘ग्रस कलेक्सन’मा पनि भयो । घरेलु बजारमै छक्का पञ्जा–५ ले २० करोड र १२ गाउँले २५ करोड रुपैयाँभन्दा माथिको व्यापार गरेको चर्चा चल्यो ।

चलचित्र विकास बोर्डले खबरहबलाई उपलब्ध गराएको बक्स अफिस रिपोर्टमा यी फिल्मको ‘ग्रस कलेक्सन’ चर्चा भए भन्दा कम रहेको पाइएको छ । बोर्डका अनुसार १२ गाउँको व्यापार छक्का पञ्जा ५ भन्दा पाँच करोड रुपैयाँले बढी छ ।

असोज २४ देखि मंसिर १० गतेसम्मको अवधिमा छक्का पञ्जा ५ ले १५ करोड र १२ गाउँ ले २० करोड रुपैयाँमात्रै ग्रस कलेक्सन गरेको बोर्डको दाबी छ ।

पूर्णबहादुरको सारङ्गीको कीर्तिमान

विजय बराल केन्द्रीय भूमिकामा रहेका फिल्म पूर्णबहादुर सारङ्गी बिहीबार २९औं दिनमा प्रदर्शनरत छ ।

लक्ष्मी पूजा अर्थात् कात्तिक १५ बाट प्रदर्शनमा आएको यस फिल्मको सुरुवाती २६ दिनको कलेक्सनले घरेलु बजारमा अहिलेसम्मकै सबैभन्दा बढी ग्रस कलेक्सनको कीर्तिमान नै राखेको छ ।

बोर्डका अनुसार यो फिल्मले २६ दिनमा ३९ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन मंसिर १० सम्म छक्का–पञ्जा ५ र १२ गाउँ दुवैले गरेको कलेक्सनभन्दा चार करोड रुपैयाँले बढी हो ।

छक्का–पञ्जा ५ र १२ गाउँ  र बेहुली फ्रम मेघौली गरी तिनै फिल्मको कलेक्सन जोड्दा बल्ल पूर्णबहादुर सारङ्गी को कलेक्सनसँग बराबर हुन्छ ।

बोर्डका अनुसार असोजमा प्रदर्शमा आएका तीन फिल्म बेहुलीफ्रम मेघौली, छक्का पञ्जा–५, १२ गाउँ र कात्तिकमा प्रदर्शनमा आएको पूर्णबहादुरको सारङ्गीगरी चार फिल्मको व्यापार ७८ करोड रुपैयाँ नाघेको छ ।

टिकटदर ३०० राख्ने हो भने चार फिल्मका लागि २६ लाख थान टिकट बिक्री भएको देखिन्छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ६ : २५ बजे

सपना छ, अवसर छैन : डिग्रीपछि के ?

एउटा पुस्तालाई पढ्न सिकाइयो, सपना देख्न सिकाइयो, सफल हुन सिकाइयो

स्पा तथा मसाज सेन्टरका १४ जना पक्राउ, अनुसन्धान जारी

काठमाडौँ – काठमाडौँका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा

स्याफ्रुबेँसीमा अस्थायी रूपमा स्वास्थ्य चौकी सञ्चालन, मुख्यमन्त्री थापाले गरे हस्तान्तरण

रसुवा– भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा बागमती प्रदेश सरकारले रु

जनादेश प्राप्त सरकार असफल हुने छुट छैन : उपसभापति शर्मा 

झापा– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत

सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते, एकको अवस्था गम्भीर

सिन्धुली– दुधौली नगरपालिका-३, झुंगा स्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना