विश्वप्रकाशको आरोप- पार्टीको नाम ‘स्वतन्त्र’ राखेर रविले ठगी गरे | Khabarhub Khabarhub

विश्वप्रकाशको आरोप- पार्टीको नाम ‘स्वतन्त्र’ राखेर रविले ठगी गरे


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नाम ‘स्वतन्त्र’ राखेर रवि लामिछानेले ठगी गरेको बताएका छन् ।

बिहीबार कीर्तिपुरमा कांग्रेसद्वारा आयोजित उपनिर्वाचनको अन्तिम सभालाई सम्बोधनका क्रममा महामन्त्री शर्माले दलको नाम स्वतन्त्र राखेर लामिछानेले नागरिकको भावना र असन्तुष्टि ‘क्यास’ गरेको आरोप लगाए ।

‘स्वतन्त्र बनिदिऊँ न त भन्ने खालको मनोविज्ञान मानिसहरूमा आयो । यही मनोविज्ञान ‘क्यास’ गरेर त्यसलाई भजाउन एउटा दलले आफ्नो नामै स्वतन्त्र राखिदियो’, उनले भने, ‘यदि मान्छे स्वतन्त्र हुन्छ त त्यो दलको हुँदैन । यदि कोही मान्छेले दल बनाउँछ भने त्यो स्वतन्त्र हुँदैन । तर, ठगी कहाँसम्म भयो भने दलको नाम स्वतन्त्र राखेर नागरिकको भावना र असन्तुष्टि ‘क्यास’ गर्ने प्रयास भएको छ ।’

शर्माले अहिलेको समयमा कुनै दलमा हुनु र नहुनुले स्वतन्त्रताको निर्धारण नगर्ने पनि जिकिर गरे । ‘नेपालका नागरिकलाई स्वतन्त्र बनाउन कांग्रेसले योगदान गरेको हो’, उनले भने, ‘पुरानोका दिन गए भनेर गरिएको प्रचार हामीलाई स्वीकार्य हुँदैन ।’

महामन्त्री शर्माले जन्ममिति पुरानो भएकै कारणले कुनै पनि दल पुरानो नहुने तर्क पनि गरेका छन् । नवीन सोचका कारण दलहरू नयाँ हुने तर्क पनि उनले चुनावी सभामा गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ७ : २१ बजे

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले