विश्वप्रकाशको आरोप- पार्टीको नाम ‘स्वतन्त्र’ राखेर रविले ठगी गरे « Khabarhub

विश्वप्रकाशको आरोप- पार्टीको नाम ‘स्वतन्त्र’ राखेर रविले ठगी गरे


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नाम ‘स्वतन्त्र’ राखेर रवि लामिछानेले ठगी गरेको बताएका छन् ।

बिहीबार कीर्तिपुरमा कांग्रेसद्वारा आयोजित उपनिर्वाचनको अन्तिम सभालाई सम्बोधनका क्रममा महामन्त्री शर्माले दलको नाम स्वतन्त्र राखेर लामिछानेले नागरिकको भावना र असन्तुष्टि ‘क्यास’ गरेको आरोप लगाए ।

‘स्वतन्त्र बनिदिऊँ न त भन्ने खालको मनोविज्ञान मानिसहरूमा आयो । यही मनोविज्ञान ‘क्यास’ गरेर त्यसलाई भजाउन एउटा दलले आफ्नो नामै स्वतन्त्र राखिदियो’, उनले भने, ‘यदि मान्छे स्वतन्त्र हुन्छ त त्यो दलको हुँदैन । यदि कोही मान्छेले दल बनाउँछ भने त्यो स्वतन्त्र हुँदैन । तर, ठगी कहाँसम्म भयो भने दलको नाम स्वतन्त्र राखेर नागरिकको भावना र असन्तुष्टि ‘क्यास’ गर्ने प्रयास भएको छ ।’

शर्माले अहिलेको समयमा कुनै दलमा हुनु र नहुनुले स्वतन्त्रताको निर्धारण नगर्ने पनि जिकिर गरे । ‘नेपालका नागरिकलाई स्वतन्त्र बनाउन कांग्रेसले योगदान गरेको हो’, उनले भने, ‘पुरानोका दिन गए भनेर गरिएको प्रचार हामीलाई स्वीकार्य हुँदैन ।’

महामन्त्री शर्माले जन्ममिति पुरानो भएकै कारणले कुनै पनि दल पुरानो नहुने तर्क पनि गरेका छन् । नवीन सोचका कारण दलहरू नयाँ हुने तर्क पनि उनले चुनावी सभामा गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ७ : २१ बजे

डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजीसेवा

काठमाडौं– नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी

गुण्डुमा एमाले सचिवालय बैठक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको

रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य हुँदैछ : मन्त्री यादव

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द

सामुदायिक रेडियो प्रविधिमैत्री हुनुपर्छ : सञ्चारमन्त्री

पाटन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान

पश्चिम नेपालका ६ जिल्लामा अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म