अभिव्यक्ति शृङ्खला–१५ मा नरेश नातिले साङ्गीतिक प्रस्तुति दिने « Khabarhub

अभिव्यक्ति शृङ्खला–१५ मा नरेश नातिले साङ्गीतिक प्रस्तुति दिने


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुनसरी– कवि, गीतकार, कथाकार, गायक तथा सङ्गीतकार नरेश नाति (नरेश माङ्पाहाङ राई) आफ्ना साङ्गीतिक सृजना लिएर मङ्सिर १५ गते शनिबार प्रस्तुत हुने भएका छन् ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा बेलायतको टिडवर्थमा आयोजना हुने वार्षिक शृङ्खला ‘अभिव्यक्ति शृङ्खला’को पन्ध्रौँ संस्करणमा नाति प्रस्तुत हुने भएका हुन् ।

बेलायती–नेपाली डायास्पोरिक प्रतिभाहरूको सम्मानमा आयोजना हुँदै आएको ‘अभिव्यक्ति शृङ्खला’ एक महत्त्वपूर्ण कार्यक्रम मानिन्छ । यस शृङ्खलामा हालसम्म चौध जना स्रष्टा प्रस्तुत भइसकेका छन् ।

‘बाटो खोज्दाखोज्दै’ गीतसङ्ग्रह, ‘मन बेइमानी’ मुक्तक सङ्ग्रह र ‘देश बिर्सेर’ कथासङ्ग्रह जस्ता कृतिका स्रष्टा नाति नेपाली प्रतिभा प्रतिष्ठान बेलायतसँग आबद्ध छन् । नाति कथा, कविता, गीत र मुक्तक विधाका साथै सङ्गीत सृजना, गायन र वाद्यवादन कलामा समेत अब्बल साधकका रूपमा सुपरिचित छन् ।

नाति बेलायती–नेपाली डायास्पोरिक समाजका एक गौरवशाली प्रतिभा हुन् ।  मिक्लाजुङ गाउँपालिका–६, कन्याटार, पाँचथरका नरेश नाति हाल गोर्खा सैनिक सेवामा सेवारत छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : ४१ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित