३१ जिल्लामा उपचुनाव : ‘मिनी जनमत संग्रह’को झल्को | Khabarhub Khabarhub

३१ जिल्लामा उपचुनाव : ‘मिनी जनमत संग्रह’को झल्को


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको मौन समय विहीबार राति १२ बजेदेखि शुरु भएको छ । यस अवधिमा कुनै पनि दलको राजनीतिक प्रचार–प्रसार गर्न पाइँदैन । मतदाता शिक्षा एवं जानकारीमूलक सामग्रीहरु भने प्रवाह गर्न आचार संहिताले रोक लगाएको छैन ।

चार जिल्लाका चारवटा स्थानीय तह प्रमुखकै निर्वाचन हुँदैछ । त्यसैगरी थप चारवटा स्थानीय तहको उपप्रमुखका लागि निर्वाचन हुँदैछ । यसरी ८ स्थानीय तहमा हुने उपचुनावले त्यस जिल्लामा कुन पार्टीको जनमत बढेको छ र कुन दलको प्रभाव घटेको छ भनेर ‘स्याम्पल’ लिन सकिने छ ।

मेयर र पालिका प्रमुखका लागि उपनिर्वाचन हुन गइरहेका चार स्थानीय तह हुन्– काठमाडौंको कीर्तिपुर नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, दैलेखको महाबु गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका ।
त्यसैगरी उपप्रमुखका लागि मतदान हुन लागेका चार स्थानीय तह हुन्– जाजरकोटको नलगाढ नगरपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका र हुम्लाको सुर्केगाढ गाउँपालिका ।

यी ८ वटा पालिकामध्ये ०७९ को चुनावमा नेपाली कांग्रेसले ६ वटा जितेको थियो भने माओवादीले दुईवटामा जितेको थियो । यी पालिकाहरुमा एमाले, राप्रपा वा रास्वपा लगायतका दलहरुले गुमाउनुपर्ने अवस्था केही पनि छैन । तर, कांग्रेस र माओवादी केन्द्रले भने आफ्नो बर्चश्व जोगाउनुपर्ने चुनौती आइलागेको छ ।

यी आठ स्थानीय तहमा हुने निर्वाचनको परिणामले वर्तमान सरकारको लोकप्रियता–अलोकप्रियताको समेत परीक्षा हुनेछ । त्यसैगरी आगामी ०८४ मा ठूलो दल बन्ने दाबी गरिरहेका माओवादी, रास्वपा र राप्रपा जस्ता दलहरुको पनि जनमत जाँच गर्ने आधारका रुपमा यी ८ स्थानीय तहको उपनिर्वाचनलाई लिन सकिन्छ ।

त्यस्तै, विभिन्न जिल्लाका ३४ वडामा वडाध्यक्षहरुको निर्वाचन हुन गइरहेको छ । यो उपनिर्वाचनले देशैभरि कांग्रेस, एमाले, माओवादी रास्वपा, राप्रपा, जसपा र स्वतन्त्रको पक्षमा कस्तो जनमत छ भनेर हेर्नका लागि ऐनाको काम गर्न सक्छ ।
निर्वाचन आयोगले मतदान सकिएको दुई दिनभित्रै सबै परिणाम आइसक्ने जनाएको छ । ४१ स्थानका लागि मंसिर १६ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ ।

निर्वाचन आयोगका अनुसार कैलाली र ओखलढुंगाका जिल्ला समन्वय सभापतिसहित ४४ स्थानमा पद रिक्त भएको थियो । दुबै जिसस अध्यक्षमा निर्विरोध चुनाव भइसकेको छ भने पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएकाले बाँकी रहेका ४१ स्थानमा आइतबार मतदान हुन लागेको हो ।

उपचुनावको परिणामका लागि मंसिर १८ सम्म कुरौं ।

उपनिर्वाचन हुने पदहरु–

काठमाडौं : कीर्तिपुर नगरपालिका प्रमुख (०७९ मा कांग्रेसले जितेको )
जाजरकोट : नलगाढ नगरपालिका उपप्रमुख (०७९ मा कांग्रेसले जितेको )
दैलेख : महाबु गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
मोरङ : ग्रामथान गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
दोलखा : गौरीशंकर गाउँपालिका उपाध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
रुकुमपूर्व : पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष (०७९ मा माओवादीले जितेको )
हुम्ला : सुर्केगाढ गाउँपालिका उपाध्यक्ष (०७९ मा माओवादीले जितेको )

वडाध्यक्षहरु
ताप्लेजुङ : सिरिजंगा गाउँपालिका वडा नम्बर ३ (०७९ मा कांग्रेसले जितेको )
झापा : कन्काई नगरपालिका वडा नं ६ (०७९ मा एमालेले जितेको )
तेह्रथुम : लालीगुराँस नगरपालिका वडा नं ८ (०७९ मा कांग्रेसले जितेको )
सुनसरी : गढी गाउँपालिका वडा नम्बर ६ (०७९ मा एमालेले जितेको )
ओखलढुंगा : मोलुङ गाउँपालिका वडा नम्बर ५ (०७९ मा एमालेले जितेको )
उदयपुर : त्रियुगा नगरपालिका वडा नम्बर १२ (०७९ मा कांग्रेसले जितेको )
उदयपुर : बेलका नगरपालिका पालिका वडा नम्बर ९ (०७९ मा कांग्रेसले जितेको )
सप्तरी : डाक्नेश्वरी नगरपालिका पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
सप्तरी : डाक्नेश्वरी नगरपालिका पालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको )
धनुषा : धनुषाधाम नगरपालिका पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
महोत्तरी : रामगोपालपुर नगरपालिका वडा नम्बर २ (०७९ मा माओवादीले जितेको )
रौतहट : ईशनाथ नगरपालिका वडा नम्बर ७ (०७९ मा एमालेले जितेको )
रौतहट : गढीमाई नगरपालिका वडा नम्बर ८ (०७९ मा जसपाले जितेको )
रौतहट : राजपुर नगरपालिका वडानम्बर ६ (०७९ मा कांग्रेसले जितेको )
नुवाकोट : ककनी गाउँपालिका वडा नम्बर २ (०७९ मा कांग्रेसले जितेको )
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ (०७९ मा कांग्रेसले जितेको )
काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ (०७९ मा स्वतन्त्रले जितेको )
मकवानपुर : हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ (०७९ मा माओवादीले जितेको )
गोरखा : गोरखा नगरपालिका वडा नम्बर १२ (०७९ मा एमालेले जितेको )
गुल्मी : मुसीकोट नगरपालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
कपिलवस्तु : शुद्धोधन गाउँ पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
रुकुमपूर्व : पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ (माओवादीको निर्विरोध जीत)
रुकुम पश्चिम : सानीभेरी गाउँपालिका वडा नम्बर ५ (०७९ मा कांग्रेसले जितेको )
रोल्पा : रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको )
बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको )
जाजरकोट : कुसे गाउँपालिका वडा नम्बर ७ (०७९ मा माओवादीले जितेको )
दैलेख : दुल्लु नगरपालिका वडा नम्बत्रर १३ (०७९ मा एमालेले जितेको )
बझाङ : सूर्मा गाउँपालिका वडा नम्बर ४ (०७९ मा एमालेले जितेको )
डोटी : पूर्वीचोकी गाउँपालिका वडा नम्बर ६ (०७९ मा कांग्रेसले जितेको )
कालीकोट : तिलागुफा नगरपालिका वडा नम्बर ४ (०७९ मा माओवादीले जितेको )
डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ (०७९ मा एमालेले जितेको )
दार्चुला : दुहु गाउँपालिका वडा नम्बर ५ (०७९ मा माओवादीले जितेको )
कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नम्बर ६ (०७९ मा कांग्रेसले जितेको )

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ५ : २९ बजे

धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन पक्राउ

धनुषा – यही मङ्सिर ८ गते धनुषाको आमाखोलामा मृत भेटिएकी

‘नो सेभ नोभेम्बर’ : क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर अ कज’ हुँदै

काठमाडौं– आन्ट फाउण्डेसनले ‘नो सेभ नोभेम्बरः फेसन फर अ कज’

गाजामा अराजकता छ– राष्ट्रसङ्घ

जेनेभा – संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजा पट्टीमा अराजकता छाएको, खाद्यान्न

चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’

कैलाली – यस वर्षका ठूला चाडपर्व सकिएका छन् । बडादसैँ,

बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु

काठमाडौं – जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको