जापान सरकारद्वारा ९२ अर्ब डलरको अतिरिक्त बजेट योजना स्वीकृत « Khabarhub

जापान सरकारद्वारा ९२ अर्ब डलरको अतिरिक्त बजेट योजना स्वीकृत


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्वको सरकारले १५ वर्षयताकै सबैभन्दा खराब चुनावी नतिजापछि ठूलो प्रोत्साहन प्याकेजका लागि थप बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सरकारको लोकप्रियतालाई बढावा दिने उद्देश्यले पनि रूग्ण उद्योग, व्यवसाय तथा समग्र अर्थव्यवस्थालाई उकास्ने उद्देश्यसहित यो अतिरिक्त बजेटको व्यवस्था गरेका हुन् ।

मन्त्री परिषद्ले स्वीकृत गरेको अतिरिक्त बजेट १३.९ ट्रिलियन येन (९२ अर्ब अमेरिकी डलर) बराबरको छ र यो वर्षको अन्त्यसम्ममा संसदबाट पारित हुने अपेक्षा गरिएको छ ।

यसलाई आंशिक रूपमा ६.६ ट्रिलियन येनभन्दा बढीको ऋणपत्र जारी गरेर वित्तपोषित गरिनेछ ।

गत हप्ता इशिबाको मन्त्री परिषद्ले २१.९ ट्रिलियन येनको अतिरिक्त कार्यक्रमलाई अनुमोदन गरेको थियो, जसको समग्र प्रभाव ३९ ट्रिलियन येन बराबर हुने अनुमान गरिएको थियो ।

यसमा कम आय भएका परिवारका लागि करिब ३०,००० येन, इन्धन तथा ऊर्जा अनुदान र साना व्यवसायका लागि सहयोग समावेश गरिएको छ ।

पूर्ववर्ती फुमियो किशिदाको राजीनामापछि ६७ वर्षीय प्रधानमन्त्री इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेका थिए  ।

तर दशकौंदेखि लगातार शासन गर्दै आएको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) भित्रको भ्रष्टाचारलाई लिएर मतदाताहरू आक्रोशित भएका छन् ।

सन् २००९ पछि पहिलो पटक एलडीपी र यसको सानो सहयोगी कोमेइतो पार्टीको सत्तारुढ गठबन्धनको संसदको तल्लो सदनमा बहुमत गुमेको हो ।

इशिबाले निराश ग्रामीण क्षेत्रहरूलाई पुनर्जीवित गर्ने र जापानको घट्दो जनसङ्ख्याको ‘शान्त आपत्कालीन अवस्था’ लाई सम्बोधन गर्ने वाचा गरेका छन् ।

माइनिची शिम्बुन दैनिकमा आइतबार प्रकाशित एक सर्वेक्षणले मन्त्रिपरिषद्को अनुमोदन दर अक्टोबरको सुरुको तुलनामा १५ अङ्कले घटेर ३१ प्रतिशतमा झरेको जनाएको छ । मन्त्रिपरिषद्प्रतिको अस्वीकृति दर ५० प्रतिशत थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : ०३ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक