समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ले मनायो ५१ दिन « Khabarhub

समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ले मनायो ५१ दिन


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विराज भट्टका छोरा समीर भट्टको डेब्यू फिल्म ‘१२ गाउँ’ले प्रदर्शनको ५१ दिन पूरा गरेको छ । नयाँ बानेश्वरस्थित वान सिनेमा हलमा फिल्मले शुक्रबार ५१ दिन पूरा गरेको हो ।

दशैँलाई लक्षित गरी अर्थात् असोज २४ बाट यस फिल्म प्रदर्शनमा आएको थियो । त्यही दिन अन्य दुई फिल्म ‘छक्का पञ्जा-५’ र ‘घर ज्वाइँ’ प्रदर्शनमा आएका थिए ।

यसले फिल्मले हिट श्रृङ्खला छक्का पञ्जासँग हलमा प्रतिस्पर्धा गरे पनि ५१ दिन मनाउन सफल भयो ।

चलचित्र विकास बोर्डका अनुसार गत सोमबारसम्म यस फिल्मले घरेलु बजारमा २० करोडमाथिको व्यापार गरेको छ ।

यो फिल्म विराजका लागि उत्कृष्ट कमब्याकका रुपमा स्थापित भएको छ । अर्कोतर्फ समीरलाई अभिनयमा स्थापित सहयोग पुर्‍याएको छ । उनको पहिलै फिल्मबाट ठूलो संख्यामा समर्थक पाएका छन् ।

‘दशैँमा एक्सन फिल्म चल्दैन’ भन्ने भाष्यलाई पनि यस फिल्मले भत्काएको छ ।

विराज भट्ट फिल्म पोडक्सनको प्रस्तुतीमा निर्माण भएको यस फिल्ममा विराज र समीर सहित न्यान्सी खड्का, मोडल सनिशा भट्टराई प्रमुख भूमिकामा छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ७ : ३१ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि