समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ले मनायो ५१ दिन « Khabarhub

समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ले मनायो ५१ दिन


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विराज भट्टका छोरा समीर भट्टको डेब्यू फिल्म ‘१२ गाउँ’ले प्रदर्शनको ५१ दिन पूरा गरेको छ । नयाँ बानेश्वरस्थित वान सिनेमा हलमा फिल्मले शुक्रबार ५१ दिन पूरा गरेको हो ।

दशैँलाई लक्षित गरी अर्थात् असोज २४ बाट यस फिल्म प्रदर्शनमा आएको थियो । त्यही दिन अन्य दुई फिल्म ‘छक्का पञ्जा-५’ र ‘घर ज्वाइँ’ प्रदर्शनमा आएका थिए ।

यसले फिल्मले हिट श्रृङ्खला छक्का पञ्जासँग हलमा प्रतिस्पर्धा गरे पनि ५१ दिन मनाउन सफल भयो ।

चलचित्र विकास बोर्डका अनुसार गत सोमबारसम्म यस फिल्मले घरेलु बजारमा २० करोडमाथिको व्यापार गरेको छ ।

यो फिल्म विराजका लागि उत्कृष्ट कमब्याकका रुपमा स्थापित भएको छ । अर्कोतर्फ समीरलाई अभिनयमा स्थापित सहयोग पुर्‍याएको छ । उनको पहिलै फिल्मबाट ठूलो संख्यामा समर्थक पाएका छन् ।

‘दशैँमा एक्सन फिल्म चल्दैन’ भन्ने भाष्यलाई पनि यस फिल्मले भत्काएको छ ।

विराज भट्ट फिल्म पोडक्सनको प्रस्तुतीमा निर्माण भएको यस फिल्ममा विराज र समीर सहित न्यान्सी खड्का, मोडल सनिशा भट्टराई प्रमुख भूमिकामा छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ७ : ३१ बजे

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान