धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन पक्राउ | Khabarhub Khabarhub

धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन पक्राउ


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

धनुषा – यही मङ्सिर ८ गते धनुषाको आमाखोलामा मृत भेटिएकी एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालयले जनकनन्दिनी गाउँपालिका–३ बस्ने २२ वर्षीय रामललित खत्वे मण्डल, सोही ठाउँका २० वर्षीय ज्ञानेन्द्र दास र शहीदनगर नगरपालिका–८ नाथपट्टी बस्ने २४ वर्षीय रमेशकुमार मण्डललाई सार्वजनिक गरेको हो ।

मङ्सिर ८ गते जनकनन्दिनी गाउँपालिका–४ खजुरी र कमला नगरपालिका–२ सरावेको बीच सिमानामा रहेको आमाखोलामा नामथर नखुलेकी एक महिलाको शव प्लाष्टिकको बोराभित्र रहेको अवस्थामा फेला परेको थियो । पछि ती महिला जनकनन्दिनी गाउँपालिका–५ उधा टोल निवासी रेखाकुमारी मण्डल रहेको खुल्न आएको थियो ।

आज आयोजित पत्रकार सम्मेलनमा धनुषाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललित मण्डल खत्वेले ढुङ्गाले अनुहारमा प्रहार गरी मुर्छित बनाई घाँटी रेटेर हत्या गरेको खुल्न आएको बताए ।

मृतकसँग विवाह गर्ने सम्बन्धमा विवाद भएपछि घटना भएको देखिएको उनले जानकारी दिए । मृतक र खत्वेबीच पाँच÷छ वर्षदेखि रामललित मण्डल खत्वेबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ९ : १६ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं–  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

भारतमा डिजिटल जनगणनाको तयारी सुरु

नयाँदिल्ली– भारत सरकारले सन् २०२७ मा आयोजना गर्न लागिएको विश्वकै

प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु

काँक्रेविहार– जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु

माधव नेपाललाई रामकुमारीले भनिन् : आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने

काठमाडौं- चार वर्ष लामो यात्रापछि नेकपा (एकीकृत समाजवादी) छाडेर नेकपा

चितवन धान उत्पादन बढ्यो

चितवन– जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ ।