दुई करोड ४३ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न « Khabarhub

दुई करोड ४३ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गुल्मी – दुई करोड ४३ लाख ८८ हजार लागतमा मुसिकोट नगरपालिकामा खानेपानी आयोजना सम्पन्न भएको छ । लिफ्ट प्रविधिमार्फत खोलाको पानी गाउँ पुर्‍याइएको हो ।

पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गत ६५ लाख, खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीको ९७ लाख ४८ हजार, नेपाल विद्युत् प्राधिकरणमार्फत ४३ लाख ९० हजारका विद्युतीय सामग्री एवं स्थानीय जनश्रमदान ३७ लाख ५० हजार गरी कूल दुई करोड ४३ लाख ८८ हजार लागतमा उक्त आयोजना सम्पन्न भएको हो ।

‘एक घर एक धारा’ खानेपानी योजनामार्फत त्यहाँका एक सय २३ घरमा खानेपानी पुगेको भगलामगैरा दजाकोट लिफ्ट खानेपानी उपभोक्ता समूहका सचिव दिलबहादुर सोनारीले जानकारी दिएका छन् ।

गाउँमा खानेपानी नहुँदा स्थानीयहरुले विगतमा छल्दिखोला र ओलाङ्दीसम्म पुगेर पानीको जोहो गर्नुपर्ने अवस्था थियो । पुस्तौँदेखि खानेपानीको समस्या झेल्दै आएका दजाकोटमा लिफ्ट प्रविधिमार्फत खानेपानी पुगेपछि अब पानीको समस्या टरेको स्थानीय हरि छन्त्यालले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १२ : ५१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने