एनपीएल : जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य « Khabarhub

एनपीएल : जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले १२८ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सले १९ ओभरमा १२७ रन बनाएको छ ।

उद्घाटन खेलमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने अवसर पाएको थियो ।

विराटनगर किंग्सका लागि मार्टिन गप्टिलले ४३ रनमा ५५ रन बनाएका छन् । अकिब इलियासले १५ रन जोड्दा बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले समान ७–७ रनको योगदान दिए ।

जनकपुरका लागि ललित राजवंशीले विराटनगरका तीन विकेट लिँदा हर्ष थाकेर र किशोर महतोले समान २–२ विकेट लिए । यस्तै बेन माइक र मोहम्मद मोहसिन पनि जनकपुरका लागि समान १–१ विकेट लिन सफल भएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  २ : ०२ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको