नेयमार पीएसजीमै रहने « Khabarhub

नेयमार पीएसजीमै रहने


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –ब्राजिल तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेयमार यो सिजन पनि लिग वानमै रहने भएका छन् ।

युरोपियन फुटबलको सरुवा बजार सोमबार अर्थात् आज सकिँदैछ । तर, उनी फ्रान्सबाट बाहिरिने पुष्ट खबर आउन सकेको छैन् । त्यतिमात्रै होइन नेयमारबारे बार्सिलोना र पीएसजीबीच सहमति नहुँदा पटक–पटक भएका सम्झौताका प्रयास असफल भएका छन् ।

तर, पनि सोमबार मध्येरातसम्म कुनै चामत्कारिक निर्णय भए नेयमारले पीएसजी छाड्नेछन् । नभए उनी यो सिजन पनि पीएसजीबाट नै खेल्नेछन् । स्पेनिस क्लब बार्सिलोनाले नेयमारलाई क्ल्बमा भित्र्याउन पछिल्लो २ महिना निकै नै कसरत गर्यो । तर, पनि सफल हुन सकेन् ।

सन् २०१७ मा किर्तिमानी मूल्य २ सय २२ मिलियन युरोमा फ्रान्स पुगेका नेयमारलाई अहिले बार्सिलोनाले केही शस्तो मूल्यमा पाए भित्रेयाउने लक्ष्य बनाएको थियो । त्यसोत, बार्सिलोनाले २ जना अरु खेलाडी प्लस १सय मिलियन पाउण्डभन्दा बढी पौसा तिर्ने सहमती नजिक पुगेका समाचार पनि अपुष्ट रुपमा सार्वजनिक नभएका होइनन् ।

नेयमारका लागि पीएसजीले २सय४२ मिलियन अमेरिकी डलर माग गरेको बताइएको छ । बार्सिलोनाले त्यो रकम दिन तिर्दा युइएफएको अथिक मामलामा समस्या झेल्नु पर्ने भएपछि उसले इभान राकिटिक, जेन क्लियर तोडिदो र उसमान डेम्बेलेलाई दिएर नेयमारलाई भित्र्याउने योजना बनाएको थियो । त्यो पनि असफल भएपछि यो सिजन नेयमारले फ्रान्सको राजधानी पेरिस छाड्ने योजना असफल भएको चर्चा हुन थालेको छ ।

नेयमारविरुद्ध पीएसजीका प्रशंसकले पनि नारा बाजी गरिरहेका छन् । उनीहअरुले नेयमारलाई क्लब छाड्ने पनि प्रशिक्षक थोमस टुचेलले भने नेयमार क्लबमा हुँदा आफ्नो टिम बलियो बने बताइसकेका छन् । उनले किलियन एम्बाप्पे र इडिन्सन काभानिसँगै नेयमार पनि टोलीमा रहँदा टोली बलियो हुने बताएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  २ : ४६ बजे

कसरी सम्भव भयो,ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई