दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान | Khabarhub Khabarhub

दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान जारी छ । यो पालिकामा एक हजार दुई सय ७२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उक्त पदका लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।

त्यसैगरी गोरखा नगरपालिका–५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ । यहाँ दुई हजार दुई सय २५ मतदाता छन् । उक्त पदका लागि नौ राजनीतिक दलबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा वडाध्यक्षमा विजयी खिलबहादुर रानाको निधन भएको थियो ।

त्यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको लागि तीनवटा मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ । निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार हालसम्म पाँच प्रतिशत मतदान भइसकेको छ । यो वडामा चार हजार ९१ मतदाता छन् । उक्त पदका लागि आठ जनाले मनोनयन दर्ता गराएका छन् । तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्युपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : ०० बजे

गुल्मीमा सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह

गुल्मी– यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक

पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकको नाफा घट्यो

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य

रास्वपाको राजनीति प्रतिवेदन : रवि पक्राउ विरुद्धको हस्ताक्षर अभियान सफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक चितवनको

एलन मस्क खर्बपति बन्ने

टेक्सास- अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख

सरकारले संसद्का पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्विचार गर्नुपर्छ : अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद्का पदाधिकारी तथा सदस्यले