रोल्पामा बन्दै गरेको झोलुङ्गे पुलको पर्खालले पुर्दा पाँच जनाको मृत्यु « Khabarhub

रोल्पामा बन्दै गरेको झोलुङ्गे पुलको पर्खालले पुर्दा पाँच जनाको मृत्यु


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

लिवाङ- रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खा भत्किएर पुर्दा पाँचजना मजदुरको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका-३ बाहिरी गाममा पर्खाल भत्किएर पुर्दा त्यही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, ६६ वर्षीय देवीराम परियार र २७ वर्षीया आइती परियारको मृत्यु भएको हो ।

सुनछहरी-३ बाहिरी गाममा निर्माणाधीन गाजधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका क्रममा बनाउँदै गरेको पर्खालले उनीहरू सबैलाई किचेको थियो । किचिएकामध्ये चारजनाको शव निकालिएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले रोल्पाले आइतबार दिउँसो जानकारी दिएको छ ।

सुनछ्हरी स्थानीय विपद व्यवस्थापन समिति, पोबाङका अनुसार यसरी ज्यान गुमाउनेहरूमा एकैघरका चारजना छन् । तर उनीहरू एकै घरका को-को हुन् भन्ने खुलिसकेको छैन ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : ४५ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२