सञ्‍चारमन्त्री नै भन्छन्- चार महिना बित्दा पनि नतिजा आउने काम गर्न सकिएन « Khabarhub

सञ्‍चारमन्त्री नै भन्छन्- चार महिना बित्दा पनि नतिजा आउने काम गर्न सकिएन


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारको ध्यान नीतिगत तथा कानुनी सुधारमा केन्द्रित रहेको बताएका छन् ।

बाह्रखरी मिडियाद्वारा आइतबार आयोजित कथा प्रतियोगिताको नजिता सार्वजनिक कार्यक्रममा मन्त्री गुरुङले कानन अभावका कारण संघीय संरचनाले राम्रोसँग काम गर्न नसकेको बताए । अब सरकारले नीतिगत तथा कानुनी सुधारमा ध्यान केन्द्रित गरिरहेको उनको जिकिर थियो ।

गुरुङले सरकार, मन्त्री, सचिव, कर्मचारी, प्रहरी प्रशासन रहे पनि राज्यका निकायले काम गर्न नसक्नुको कारण पहिचान गर्न खोजिएको उल्लेख गरे ।

चार महिनामा नतिजा आउने काम गर्न नसकेको भन्दै उनले बिग्रिएका कुरालाई सुधार गर्नमात्रै ध्यान केन्द्रित गर्नुपरेको पनि धारणा राखेका छन् ।

जनतालाई सुविधा दिन सिंहदरबार गाँउ-गाँउमा पुर्‍याएपछि कानुन अभावमा काम गर्नसक्ने परिस्थिति बन्न नसकेको उनको भनाई छ । गुरुङले सांसद किनबेच नगर्ने अवस्थामा दलहरू पुगे भन्ने विश्वास जनतालाई दिन सक्नुपर्नेमा पनि जोड दिएका छन् ।

त्यस्तै उनले आफू स्पष्ट बोल्ने भएकाले केही विषयलाई अतिरञ्जित गर्ने काम हुने गरेको गुनासो कार्यक्रममा गरेका छन् ।

कार्यक्रममा यस वर्षको डिशहोम १२ कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा माग्युद् खोनालाई प्रथम पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, कथाकार प्रमेय भण्डारीको कथा कृत्रिम सपना द्वितीय र कथाकार विवेक धिमालको कथा मैले देखेको विद्यालयले तृतीय पुरस्कार पाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ४१ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२