उपनिर्वाचन अपडेट : उदयपुर २ वडामा ६३ प्रतिशत मत खस्यो, मतगणना आजै हुने   « Khabarhub

उपनिर्वाचन अपडेट : उदयपुर २ वडामा ६३ प्रतिशत मत खस्यो, मतगणना आजै हुने  


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उदयपुरको २ वडामा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा  ४ हजार ४१२ मत खसेको छ । जुन ६३ प्रतिशत मत हो ।

उदयपुरका निर्वाचन अधिकृत दीपक दाहालका अनुसार उदयपुर बेलाका नगरपालिका ९ को वडा अध्यक्षको पादमा लागि १ हजार ८८५ मत खसेको छ । जुन ६० प्रतिशत मत हो ।

उदयपुर त्रियुगा नगरपालिका–१२ मा वडा अध्यक्षको पदको लागि २ हजार ५२७ मत खसेको अधिकृत दाहाले जानकारी दिए छ । जुन ६५ प्रतिशत मत हो ।

त्रियुगा–१२ मा जनप्रेमी आधारभूत विद्यालय, पुरानो गाईघाट, र बेलका–९ मा वरपीपल मावि, रामपुरलाई मतदान केन्द्रमा मतदान भएको थियो ।

बेलका–९ मा नेपाली कांग्रेसका नवराज बस्नेत(नविन), एमालेका मोहन खड्का, र माओवादी केन्द्रका भरत घिमिरेसहित ७ उम्मेदवार प्रतिस्पर्धामा छन् । रास्वपा, जसपा, र राप्रपाका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन् ।

बोलका–९ मा आम निर्वाचनमा कांग्रेसका पदम खड्का वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

त्रियुगा–१२ मा नेपाली कांग्रेसका सञ्जिव काफ्ले, एमालेका लक्ष्मीनारायण चौधरी, र माओवादी केन्द्रका नवीन वान्तवा राईसहित ९ उम्मेदवार प्रतिस्पर्धामा छन्। अन्य उम्मेदवारहरूमा एकीकृत समाजवादीकी निर्मला चौधरी, रास्वपाका ध्रुव पोखरेल, नाउपा, जनमत, र स्वतन्त्र उम्मेदवारहरू छन् ।

त्रियुगा–१२ मा कांग्रेसका वडा अध्यक्ष चुडाराज काफ्ले पनि सवारी दुर्घटनामा परेर मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

अधिकृत दाहालका अनुसार मतगणना आजै रातिबाट हुने भएको छ । दुवै वडाको सर्वदलीय बैठक बसेर आजैबाट मतगणना हुने दाहालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ५७ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित