अस्ट्रेलियामा केदार रायमाझीलाई ‘लिभिङ फर अदर’ अवार्ड « Khabarhub

अस्ट्रेलियामा केदार रायमाझीलाई ‘लिभिङ फर अदर’ अवार्ड


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युनिभर्सल पिस फेडेरेसन (युपीएफ) द्वारा प्रदान गरिने लिभिङ फर अदर अवार्ड समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ लाई प्रदान गरिएको छ । शनिafर साँझ रायमाझीलाई अवार्ड प्रदान गरिएको हो ।

अष्ट्रेलियाको जर्ज स्ट्रीट चिपेनडलमा आयोजित विशेष समारोहबीच समाजसेवी रायमाझीसहितलाई सम्मान गरिएको हो ।

कार्यक्रममा युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष जोन एडमेडेसले नेपालीहरुमा रहेको सेवाभावको खुलेर प्र्रशसा गरे । कार्यक्रममा न्यू साउथ वेल्सस्थित नेपालका अवैतनिक महावाणिज्य दूत सञ्जीव कुमार शर्माले सम्मान प्रदान गरेका थिए ।

कार्यक्रम संयोजक सन्तोष न्यौपानेले यसप्रकारको कार्यक्रममले समाजमा भाइचारा र सहयोग आदानप्रदानको वातावरण अझ बलियो हुने बताए ।

रायमाझीलाई प्रदान गरिएको यस सम्मानले नेपाली समुदायभित्र समाजसेवाको महत्व र त्यसप्रतिको प्रतिबद्धतालाई थप उर्जा दिने विश्वास गरिएको छ। ‘अरूका लागि बाँच्ने’ विचारधाराले समाजलाई नैतिक उत्तरदायित्वप्रति सचेत बनाउँदै सेवाभावलाई प्रोत्साहन गर्ने अपेक्षा राखेको रायमाझीले बताए ।

युनिभर्सल पिस फेडेरेसनका एक प्रतिनिधिले भने, ‘केदार रायमाझीले अरूका लागि बाँच्ने संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याएका छन्। उनको योगदानले समाजमा सकारात्मक प्रभाव पारेको छ। उनीजस्ता समर्पित व्यक्तिलाई सम्मान गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो।’

नेपालदेखि अष्ट्रेलियासम्म रायमाझीको यात्रा निस्वार्थ सेवाको उदाहरण बनेको छ। २०१८ मा अष्ट्रेलिया आएपछि पनि उनले नेपाली समुदाय र अन्य समुदायहरूबीच समानुभूतिको पुल निर्माण गर्न सफल भएका छन्। ग्लोबल गस्पेल मिनिस्ट्रीको नेतृत्वमा उनले परामर्श, राहत, र विभिन्न सामाजिक सेवाहरू संचालन गर्दै समाजमा प्रेरणादायी प्रभाव पुर्‍याएका छन्।

रायमाझी बचन न्यूजका सम्पादक तथा प्रकाशकको भूमिकामा रहेर नेपाली पत्रकारितामा योगदान दिँदै आएका छन्। यसका साथै सिड्नीको गस्पेल नेपाली चर्चका प्रमुख पाष्टरका रूपमा उनले धार्मिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

कार्यक्रममा विविध धर्म र संस्कृतीसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिको बाक्लो उपस्थिती थियो । कार्यक्रममा युपीएफ ब्याण्डले लाइभ प्रस्तुति दिएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : १७ बजे

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले