सकियो ‘रंगी’को छायाङ्कन | Khabarhub Khabarhub

सकियो ‘रंगी’को छायाङ्कन


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सलोन बस्नेत अभिनित रहेको फिल्म ‘रंगी’को छायाङ्कन पूरा भएको छ । २६ दिनमा यसको छायाङ्कन सकिएको बताइएको छ ।

३० दिनको समय तालिका लिएर छायाङ्कनमा निस्किएको सुटिङ युनित निर्धारित समयभन्दा ४ दिनअघि नै इन्डक्ल्याप गरेर फर्किएको हो ।

फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीलगायतले अभिनय  गरेका छन्‌ ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यस फिल्मको निर्मात सक्षम सुबेदी हुन् । फिल्मको कथा सुमन गजमेरले लेखेका हुन् । यस फिल्मले बुवा-छोरी सम्बन्धको कथा उठान गरेको बताइएको छ ।

सुरेश न्यौपानेको यही फिल्मबाट निर्देशनमा ‘डेब्यू’ गर्दैछन् । उनीसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ११ : ४७ बजे

बबई नदीमा पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई डुङ्गाको भर (तस्बिरहरू) 

बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर