ब्याटर नचल्दा पनि कर्णालीले दियो १४२ रनको लक्ष्य « Khabarhub

ब्याटर नचल्दा पनि कर्णालीले दियो १४२ रनको लक्ष्य


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कर्णालीले जनकपुरविरुद्ध १४१ रन जोडेको हो ।

सुरुवाती क्रमका ब्याटर नचल्दा संकटमा परेको कर्णालीलाई गुलशन झा, अर्जन घर्ती र सोमपाल कामीले उकासेका हुन् । ओपरन शिखर धवन र बाबर हायतबाहेक सुरुवाती क्रमका ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

१३ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा ७९ रनको दयनीय अवस्थामा पुगेको कर्णालीलाई गुलशन झाले उकास्ने प्रयास गरे । उनले ३ छक्का र १ चौका प्रहार गरे । उनी २७ बलमा ३६ रन जोडेर किशोर महतोको बलमा बोल्ड भए ।

अर्जुन घर्ती र सोमपाल कामीले टिमलाई संकटबाट उकास्ने गरि रन जोडे। २ चौका र २ छक्काको सहयोगमा अर्जुनले ३३ रन जोडे । २२ बल खेलेका उनी रन आउट भए ।

त्यस्तै, सोमपालले १३ बलमा २९ रन जोडे । उनले १ छक्का र ३ चौका हिर्काए । जनकपुरका लागि मोहम्मद मोहसिनले सर्वाधिक दुई विकेट लिए । जेम्स निशम, किशोर महतो, ललित राजवंशी र हर्श थाकर समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  २ : ३६ बजे

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन् : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर

अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा

एमालेको निर्वाचन तालिका : तीन दिनमा सकिने महाधिवेशन थप तीन दिन लम्बिने निश्चित

काठमाडौं- नेकपा (एमाले) का ११औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत निर्वाचन कार्यक्रम

बिहारका नितिन नबीन बने भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष

नयाँदिल्ली- बिहार सरकारका मन्त्री नितिन नबीनलाई भारतीय जनता पार्टी (बीजेपी)