बजेट अभावमा खानेपानी योजना रोकिँदैनन् : खानेपानीमन्त्री « Khabarhub

बजेट अभावमा खानेपानी योजना रोकिँदैनन् : खानेपानीमन्त्री


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहितका सबै प्रक्रिया पूरा गरेका खानेपानी योजना बजेट अभावका कारण नरोकिने बताएका छन् ।

कर्णाली प्रदेश सदरमुकाम सुर्खेतस्थित वीरेन्द्रनगरमा आज सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गत ग्रामीण खानेपानी सेवा सहायता केन्द्र शुभारम्भ कार्यक्रममा उनले बजेट अभाव देखाई काम हुन नसकेका सङ्घीय खानेपानी योजनामा अब समस्या नहुने बताएका हुन्।

‘म यहाँका जनप्रतिनिधि, स्थानीयवासीलाई विश्वास दिलाउन चाहन्छु, सङ्घीय सरकार खानेपानी मन्त्रालयबाट कर्णाली प्रदेशमा सञ्चालन भइरहेका र बजेट नभएर रोकिएका कुनै पनि योजना पैसा अभावमा रोकिने छैन । बजेट रकमान्तर गरेर भए पनि यहाँका समस्या समाधान गर्छु’, मन्त्री यादवले भने।

यसैगरी उनले कर्णाली प्रदेशसहित विकट क्षेत्रका आमनेपाली नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइमा पहुँच पुर्‍याउन आफू लागिपरेको बताए।

मन्त्री यादवले स्वच्छ खानेपानीसहित एक घर एक धाराको अवधारणालाई अघि सारेर आफूले काम अगाडि बढाइ काम गरिरहेको जानकारी दिए।

आज उद्घाटन गरिएको यस सेवा केन्द्रले स्थानीय तहमा रहेका ग्रामीण खानेपानी आयोजनाका उपभोक्ता समिति र सम्बन्धित गाउँ र नगरपालिकाका खानेपानी, सरसफाइ तथा स्वच्छता इकाइबीच मुख्य समन्वयकारी भूमिका खेल्ने लक्ष्य राखिएको मन्त्री यादवको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाका करिब २० हजार घरधुरीलाई खानेपानी सेवा उपलब्ध गराउने गरी विश्व बैंकको सहयोगमा भेरी लिफ्टिङ आयोजना निर्माण गर्न खानेपानी मन्त्रालयले समन्वयकारी भूमिका खेलेकोसमेत उनले बताए।

ग्रामीण खानेपानी सेवा सहायता केन्द्र स्थापना गर्न मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, फिनल्याण्ड सरकार युरोपियन युनियन, स्थानीय तह तथा उपभोक्ता समिति, सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) ले सहयोग गरेको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी मन्त्रालयले भविष्यमा सहायता केन्द्र अन्य प्रदेशमा समेत विस्तारका लागि पहल हुने बताए।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले दीगो विकासको लक्ष्य, ऐन नीतिअनुसार प्रगति हासिल गर्ने जिम्मेवारी तिनै तहको भएकाले केन्द्रले खानेपानी आयोजनाको दीगो सञ्चालनमा सहयोग पुर्‍याउने बताए।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ५ : ०८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा