अर्थसंक्षेप : एक सातामै धरहराबाट १५ लाख राजस्व संकलन, २० अंकले बढ्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : एक सातामै धरहराबाट १५ लाख राजस्व संकलन, २० अंकले बढ्यो नेप्से


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिनभर आज अध्ययनमै सीमित भए अधिकांश सुरुङमार्ग, बजेटमै कञ्जुस्याइँ गर्छ सरकार,२० अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब बढी, एक सातामै धरहराबाट १५ लाख राजस्व संकलन, किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा, हेटौँडा सिमेन्ट उद्योगले पुसदेखि पुनः उत्पादन थाल्ने, सेती लोकमार्ग निर्माण सुस्त, रूख कटानको आदेश नआउदा समस्यालगायतका आर्थिक समाचारले प्रमुख स्थान पाए ।

हेर्नुहोस् आजका आर्थिक खबर विस्तृतमा

अध्ययनमै सीमित भए अधिकांश सुरुङमार्ग, बजेटमै कञ्जुस्याइँ गर्छ सरकार

सरकारले हालसम्म अघि बढाएका अधिकांश सुरुङमार्ग परियोजनाहरू अध्ययनमै सीमित बन्न पुगेका छन् । सडक सञ्जाललाई छोट्याउन र छिटो, छरितो हुने पूर्वाधार संरचना निर्माणअन्तर्गत सरकारले सुरुङमार्गको योजना अघि बढाइएको हो । सरकारले देशका विभिन्न सडकखण्डमा सुरुङमार्ग बनाउने गरी योजना पहिचान र अध्ययन गरे पनि अपेक्षित उपलब्धिमुलक हुन सकिरहेको छैन ।

हालसम्म देशभर दुई दर्जनभन्दा बढी सुरुङमार्गको पहिचान गरिए पनि अधिकांशको निर्माण अघि बढ्न सकेको छैन । अर्थात्, अधिकांश सुरुङ परियोजनाहरू अध्ययनकै चरणमा छन् ।

सोमबार २० अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब बढी

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब २० अंकले बढेको छ । आज नेप्से १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ ।

नेप्से ०.७२ प्रतिशतले बढ्दा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर कारोबार भएको छ।

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गरेका राई जिल्लाकै पहिलो किबी किसान हुन् ।

सुरुका वर्षमा प्रति केजी चार सय सम्मले बिक्री गरेका उनले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिपेका छन् । उनको फार्ममा करिब चार हजार किलो किबी उत्पादन भएको अनुमान गरिएको छ ।

सेती लोकमार्ग निर्माण सुस्त, रूख कटानको आदेश नआउदा समस्या

नेपाल सरकारको प्राथमिक योजना हो, सेती लोकमार्ग । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष २०६५-६६ बाट निर्माण सुरु गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त गतिमा भइरहेको छ ।

एक सातामै धरहराबाट १५ लाख राजस्व संकलन

विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व संकलन भएको छ ।

यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म १४ लाखभन्दा बढी राजस्व संकलन भएको हो ।

हेटौँडा सिमेन्ट उद्योगले पुसदेखि पुनः उत्पादन थाल्ने

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताए पनि उद्योगको विभिन्न उपकरणहरु मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ४३ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा