वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ | Khabarhub Khabarhub

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–७ घर भई ललितपुर महानगरपालिका–१५ बस्ने धीरेन्द्र चौधरी, धनुषाको धनुषाधाम नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–७ बस्ने राजकुमार महरा र मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने चन्द्र ब्लोन रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका मध्ये धीरेन्द्रले क्यानडा पठाइदिन्छु भन्दै पीडितबाट ३ लाख ४८ हजार रुपैयाँ, राज कुमारले कुवेत पठाइदिन्छु भन्दै १ लाख ९० हजार रुपैयाँ र चन्द्रले माल्टा पठाइदिन्छु भन्दै १ लाख रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ४३ बजे

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा