आज २०८१ साल मंसिर १८ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर १८ गते मंगलबारको राशिफल


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर १८ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर ३ तारिख। मार्गशीर्ष शुक्ल पक्षको द्वितीया तिथि। अन्तर्राष्ट्रि अपांगताविरुद्धको दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज छ। शिक्षामा गरेको मेहनत सफल बन्नेछ। परीक्षाको नतिजा राम्रो आउने छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

वृष : धन प्राप्त हुने योग छ। व्यापार र व्यवसायमा सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवन सुखद् रहनेछ। प्रेम सम्बन्ध समुधुर बन्नेछ। व्यापारमा फाइदा हुने योग छ। स्वास्थ्यमा सुधार हुने दिन छ।

मिथुन : मन प्रशन्न हुनेछ। धन प्राप्त हुनेछ। परिवारबाट सुख मिल्नेछ। उपचारकोक्रममा भए रोगमाथि विजयी प्राप्त हुनेछ। अनावश्यक खर्च गर्ने बानीबाट टाढा रहनु राम्रो हुनेछ।

कर्कट : उत्तरको यात्रा नगर्नु राम्रो हुनेछ। गर्नैपर्ने भएमा यात्रा कष्टकर हुनेछ। पढाइमा ढिलासुस्ती हुने दिन छ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

सिंह : दिन सामान्य छ। अचानक मन अशान्त बन्नेछ। परिवारको कारणले मनमा चिन्ता र असन्तुष्टि बढ्ने दिन छ। कडा प्रतिस्पर्धा गर्नु भन्दा समझदारीमा अगाडि बढ्नु राम्रो हुनेछ। विवाद गर्दा घाटा हुने योग छ।

कन्या : मनमा शान्ति मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। नयाँ लुगा लगाउने मौका मिल्नेछ। आफन्तको साथ र सहयोग मिल्नेछ। मनका खराब विचारमाथि विजय प्राप्त गर्ने दिन छ। छोटो दूरीको सहज यात्रा हुनसक्ने योग छ।

तुला : धनस्थानमा वक्र बुध भएकाले सञ्चित धन खर्च हुनसक्छ। आफन्तसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यक्तिगत काममा अवरोध हुनेछ। संकटको सामना गर्दै अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ।

वृश्चिक : दिन सहज छ। चन्द्रमाले तपाईंको राशिमा परिक्रमा गरेकाले आज गरेका काम आफू अनुकुल हुनेछन्। गुरुसँगको भेटले मनमा शान्ति मिल्नेछ। काममा सफलता हात लाग्नेछ। बिहान पिपलको दर्शन गर्नु फाइदा हुनेछ।

धनु : अनावश्यक यात्रामा खर्च बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। व्यक्तिगत काममा भन्दा परोपकारमा लागेमा प्रशंसा हुनेछ।

मकर : व्यापारमा लाभ हुनेछ। परिवारसँग बसेर रमाउने दिन छ। सन्तानको बाटोबाट खुशी मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग छ।

कुम्भ : शुभग्रहको बहुमत भएकाले आज तपाईंको सम्मान बढ्नेछ। स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोग लाग्ने जोखिम छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

मीन : राम्रा ग्रहको बहुमत छ। गोपनीयतालाई सुरक्षित गर्नु राम्रो हुनेछ। छिटो बोल्ने बानीले तपाईंको गल्ती अरुले थाहा पाउने जोखिम हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

 

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ५ : ०२ बजे

रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता

एजेन्सी– रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट 

काठमाडौं– नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८

जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन