उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस | Khabarhub Khabarhub

उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनको परिणामलाई सन्तोषजनक एवं उत्साहवर्धक सङ्केतका रूपमा लिइएको जनाएको छ ।

स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक तथा महामन्त्री विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरेर परिणामलाई सन्तोषजनक एवं उत्साहवर्धक सङ्केतका रूपमा लिइएको जनाएका हुन् ।

उनले उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मतमार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा गर्न बाँकी रहे पनि प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई कांग्रेसले सन्तोषजनक एवं उत्साहवर्धक सङ्केतका रूपमा लिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले उपनिर्वाचनबाट पहिलो दलको हैसियत पाएको भन्दै मतदाताप्रति आभार प्रकट गरेका छन् ।

स्थानीय तहमा रिक्त ४४ मध्ये १९ स्थानमा मात्रै उम्मेदवार विजयी भए पनि ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान सङ्ख्यात्मक कम भए पनि राजनीतिक, साङ्गठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण भएको कांग्रेसको ठहर छ ।

‘०७९ मा विजय पाएको केही स्थान हामीले गुमाएका छौँ भने त्यसबेला अन्य दलले जितेका केही स्थानमा विजय हासिल गरेका छौँ । लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जीत र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्त्वपूर्ण रहने हाम्रो निष्कर्ष छ । हामी यो गर्नेछौँ,’ महामन्त्री शर्माले भनेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ११ : ५९ बजे

अल्काराजलाई फ्रेन्च ओपनको उपाधि

काठमाडौं – कार्लोस अल्काराजले फ्रेन्च ओपन टेनिसको उपाधि रक्षा गरेका

गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट

पाल्पा– गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवालाले जोड दिएका छन्

यी प्रदेशमा चट्याटङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या

ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन

लस एन्जलस – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको