मैखर्कको जङ्गलमा भेटियो बारपाककी युवतीको शव « Khabarhub

मैखर्कको जङ्गलमा भेटियो बारपाककी युवतीको शव


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

गोरखा – चार दिनदेखि सम्पर्कविहीन भएकी यहाँको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाककी एक युवतीको आज शव फेला परेको छ ।

यही मङ्सिर १५ गते शनिबार घाँस काट्न भनेर जङ्गल गएकी १८ वर्षीया सुचिना घलेको शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

जङ्गलबाट सुचिना घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी गराएको थियो । प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीले खोजतलासका क्रममा स्थानीय मैखर्कको जङ्गलमा खाल्डोमा पुरिएको अवस्थामा सुचिनाको शव फेला पारेको प्रनाउ सुवेदीले बताए ।

युवतीको हत्या भएको अनुमान गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासँग समन्वय गरी कुकुरसहितको विशेषज्ञ टोली अनुसन्धानका लागि घटनास्थलमा आजै पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

घटनास्थलमा जिप्रका गोरखाबाट डिएसपीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । घटनास्थल नजिकै डोको, रगत र कपालसमेत भेटिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ११ : ५५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३