गर्भवती र सुत्केरीलाई पोषण प्याकेज | Khabarhub Khabarhub

गर्भवती र सुत्केरीलाई पोषण प्याकेज


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

तम्घास – गुल्मीको रेसुङ्गा नगरपालिकाले गर्भवती र सुत्केरीलाई पोषण प्याकेज तथा न्यानो कपडा उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले चना, अण्डा, आयोडिनयुक्त नुन लगायतका सरसफाइका सामग्री एवं न्यानो कपडा उपलब्ध गराएको हो ।

यस कार्यक्रमअन्तर्गत महिलाहरु प्रथमपटक गर्भ जाँच गरेदेखि चौथो पटक जाँच गर्दासम्म एवं सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज तथा सरसफाइका सामग्री उपलब्ध गराइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती मगरले जानकारी दिए।

यो कार्यक्रम चालु आर्थिक वर्षभरि सञ्चालन गर्ने नगरपालिकाको योजना छ । यसका लागि ‘आमासँग उपप्रमुख’ कार्यक्रम सञ्चालन गरिएको छ । यस वर्ष पाँच लाख बजेट विनियोजन गरी नगरले गर्भवती र सुत्केरीका लागि काम गरिरहेको छ । नगरका १४ वडाका १६ स्वास्थ्य संस्थामा महिनाको एकपटक नगरपालिकाको ‘आमासँग उपप्रमुख’ कार्यक्रम सञ्चालन हुनेछ । यसरी हेर्दा नगरपालिकाभरी एक सय ९२ पटक घुम्ती शिविर प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए।

नगरपालिकाको सेवा लिएर स्वास्थ्य संस्थामा जाँदा गर्भवतीका लागि भिडियो एक्स–रेको सुविधा पनि प्रदान गर्ने गरिएको छ । यसका लागि रु दुई लाख विनियोजन गरिएको छ । तालिम प्राप्त जनशक्तिले भिडियो एक्स–रे गर्ने नगरपालिकाले जनाएको छ ।

बाहिर अस्पतालमा भिडियो एक्स–रे गराउँदा एक जनाको रु आठ सयदेखि नौ सयसम्म पर्ने तर नगरपालिकाले निःशुल्क रुपमा भिडियो एक्स–रेको सुविधा दिने वडा नं ८ का वडाध्यक्ष निरञ्जन थापाले बताए।

‘आगामी दिनमा अपाङ्गगता भएका बालबालिका नजन्मिऊन् भन्ने उद्देश्यले यो कार्यक्रमको सुरुआत गरिएको हो’, वडाध्यक्ष थापाले भने, ‘यसले गरिब तथा विपन्न परिवारलाई धेरै नै टेवा पुगेको छ ।’

अस्पतालदेखि टाढा रहेका वडा नं ५, ६, १०, ११, १२, १३ र १४ वडाका महिलालाई यो कार्यक्रमले धेरै नै लाभ पुग्ने जनाइएको छ । यसै कार्यक्रमअन्तर्गत हालसम्म नगरका ५७ महिलाले भिडियो एक्स–रेको सुविधा लिएका छन् । भिडियो एक्स–रेको समेत सुविधा थप हुँदा यो कार्यक्रमको प्रभावकारिता बढेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : ३१ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी