गर्भवती र सुत्केरीलाई पोषण प्याकेज « Khabarhub

गर्भवती र सुत्केरीलाई पोषण प्याकेज


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

तम्घास – गुल्मीको रेसुङ्गा नगरपालिकाले गर्भवती र सुत्केरीलाई पोषण प्याकेज तथा न्यानो कपडा उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले चना, अण्डा, आयोडिनयुक्त नुन लगायतका सरसफाइका सामग्री एवं न्यानो कपडा उपलब्ध गराएको हो ।

यस कार्यक्रमअन्तर्गत महिलाहरु प्रथमपटक गर्भ जाँच गरेदेखि चौथो पटक जाँच गर्दासम्म एवं सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज तथा सरसफाइका सामग्री उपलब्ध गराइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती मगरले जानकारी दिए।

यो कार्यक्रम चालु आर्थिक वर्षभरि सञ्चालन गर्ने नगरपालिकाको योजना छ । यसका लागि ‘आमासँग उपप्रमुख’ कार्यक्रम सञ्चालन गरिएको छ । यस वर्ष पाँच लाख बजेट विनियोजन गरी नगरले गर्भवती र सुत्केरीका लागि काम गरिरहेको छ । नगरका १४ वडाका १६ स्वास्थ्य संस्थामा महिनाको एकपटक नगरपालिकाको ‘आमासँग उपप्रमुख’ कार्यक्रम सञ्चालन हुनेछ । यसरी हेर्दा नगरपालिकाभरी एक सय ९२ पटक घुम्ती शिविर प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए।

नगरपालिकाको सेवा लिएर स्वास्थ्य संस्थामा जाँदा गर्भवतीका लागि भिडियो एक्स–रेको सुविधा पनि प्रदान गर्ने गरिएको छ । यसका लागि रु दुई लाख विनियोजन गरिएको छ । तालिम प्राप्त जनशक्तिले भिडियो एक्स–रे गर्ने नगरपालिकाले जनाएको छ ।

बाहिर अस्पतालमा भिडियो एक्स–रे गराउँदा एक जनाको रु आठ सयदेखि नौ सयसम्म पर्ने तर नगरपालिकाले निःशुल्क रुपमा भिडियो एक्स–रेको सुविधा दिने वडा नं ८ का वडाध्यक्ष निरञ्जन थापाले बताए।

‘आगामी दिनमा अपाङ्गगता भएका बालबालिका नजन्मिऊन् भन्ने उद्देश्यले यो कार्यक्रमको सुरुआत गरिएको हो’, वडाध्यक्ष थापाले भने, ‘यसले गरिब तथा विपन्न परिवारलाई धेरै नै टेवा पुगेको छ ।’

अस्पतालदेखि टाढा रहेका वडा नं ५, ६, १०, ११, १२, १३ र १४ वडाका महिलालाई यो कार्यक्रमले धेरै नै लाभ पुग्ने जनाइएको छ । यसै कार्यक्रमअन्तर्गत हालसम्म नगरका ५७ महिलाले भिडियो एक्स–रेको सुविधा लिएका छन् । भिडियो एक्स–रेको समेत सुविधा थप हुँदा यो कार्यक्रमको प्रभावकारिता बढेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : ३१ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले