नेपाल प्रहरीका १५ जना कर्मचारी सम्पर्कविहीन « Khabarhub

नेपाल प्रहरीका १५ जना कर्मचारी सम्पर्कविहीन


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका १५ जना कर्मचारी आफूखुसी कार्यालयमा गैरहाजिरी बसी सम्पर्कविहीन भएका छन् ।

प्रहरी सहायक निरीक्षक (सई)भन्दा तल्लाे तह, प्रहरी कार्यालय सहायकसम्मका १५ जना कर्मचारी आफू कार्यरत कार्यालयबाट आफूखुसी गैर हाजिरी बसेका हुन् ।

यसरी आफूखुसी गैरहाजिरी बसेका कर्मचारीलाई कार्यालयमा उपस्थित हुन प्रहरी नियमावलीअनुसार सार्वजनिक स्थानमा देखिने गरी सूचना टाँस गर्दा समेत उनीहरु सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै गैरहाजिरी बसी सम्पर्कविहीन भएका कर्मचारीलाई हाजिर हुन भनेको छ ।

सूचना प्रकाशित भएको ७ दिनभित्र आफू गैरहाजिर बस्नुको कारण खुलाइएको स्पष्टीकरणसहित कार्यालयमा उपस्थित नभए जागिरबाट हटाउने कारबाही अगाडि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तो छ प्रहरीको सूचना,

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १२ : ४२ बजे

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश