नेपाल प्रहरीका १५ जना कर्मचारी सम्पर्कविहीन | Khabarhub Khabarhub

नेपाल प्रहरीका १५ जना कर्मचारी सम्पर्कविहीन


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका १५ जना कर्मचारी आफूखुसी कार्यालयमा गैरहाजिरी बसी सम्पर्कविहीन भएका छन् ।

प्रहरी सहायक निरीक्षक (सई)भन्दा तल्लाे तह, प्रहरी कार्यालय सहायकसम्मका १५ जना कर्मचारी आफू कार्यरत कार्यालयबाट आफूखुसी गैर हाजिरी बसेका हुन् ।

यसरी आफूखुसी गैरहाजिरी बसेका कर्मचारीलाई कार्यालयमा उपस्थित हुन प्रहरी नियमावलीअनुसार सार्वजनिक स्थानमा देखिने गरी सूचना टाँस गर्दा समेत उनीहरु सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै गैरहाजिरी बसी सम्पर्कविहीन भएका कर्मचारीलाई हाजिर हुन भनेको छ ।

सूचना प्रकाशित भएको ७ दिनभित्र आफू गैरहाजिर बस्नुको कारण खुलाइएको स्पष्टीकरणसहित कार्यालयमा उपस्थित नभए जागिरबाट हटाउने कारबाही अगाडि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तो छ प्रहरीको सूचना,

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १२ : ४२ बजे

बिहारमा चुनाव : प्रधानमन्त्री मोदीको लोकप्रियता परीक्षण

नयाँ दिल्ली- भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई

नेपाली कांग्रेस संस्थापन पक्षको भेला (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन

भरतपुर अस्पतालको स्वास्थ्य बीमा सेवा ‘प्रणाली’ मा प्राविधिक समस्या

चितवन– स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी

बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच

काभ्रेपलाञ्चोक– बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री