चितवनसँग पोखरा ८७ रनले पराजित, कुशलसहित चार ब्याटर शून्यमै आउट « Khabarhub

चितवनसँग पोखरा ८७ रनले पराजित, कुशलसहित चार ब्याटर शून्यमै आउट


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलरबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ ।

सोहल तानवीर र रिजन ढकालले घातक बलिङ गरेपछि पोखरा एभेन्जर्सले फराकिलो हार भोगेको हो ।

कीर्तिपुर मैदानमा यी दुई बलरले १६२ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराका ब्याटरलाई धरासायी बनाएका हुन् ।

चिवतनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले १३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ७४ रन जोड्यो ।

टस जितेर जावाफी ब्याटिङमा उत्रिएको पोखरालाई सुरुवाती बलमै झट्का लाग्यो । ओपनर तथा कप्तान कुशल भुर्तेल पहिलै बलमा रनको खाता नखोली आउट भए । सोहल तानवीरले रवि बोपारमार्फत् क्याच आयट गराए ।

पोखरालाई झट्का लाग्ने क्रम रोकिएन । पहिलो ओभरमै तीन विकेट खस्यो । दिलिप नाथ पहिलो ओभरको पाँचौ बल र बास दे लीडे पहिलो ओभरको अन्तिम बलमा आउट भए ।

दोस्रो ओभरमा पोखराले खेल लयमा पर्काउने प्रयास गरेको थियो । कुनै विकेट खसेन । तर चौथो आभेर रिजन ढकाल पोखराका लागि घातक बलर सावित भए । उनले उक्त ओभरमा तीन विकेट लिए ।

रिजनले चौथो ओभरको पहिलो बलमा दिनेश खरेल, चौथो बलमा किरण थगुन्ना र अन्तिम बलममा माइकल लिस्कलाई एलबीडब्ल्यू आउट गरे ।

चौथो ओभरको समाप्तिमा पुग्दा पोखरा ६ विकेट गुमाएर ७ रनको दयनीय अवस्थामा थियो । म्याथ्यु क्रिचली र नारायण जोशीले खेलमा लयमा फर्काउन कोशिस गरे पनि हारबाट बचाउन सकेनन् ।

नारायणले २४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३० रन जोडे । म्याथ्यु क्रिचलीले १६ बलमा २ चौकाको सहयोगमा १७ रन बनाए ।

चितवनलाई सहज जित दिलाउन अलराउन्डर लुक बेन्केस्स्टाइनले पनि तीन विकेट खसाले।

सबै तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ४ : ०० बजे

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय