चितवनसँग पोखरा ८७ रनले पराजित, कुशलसहित चार ब्याटर शून्यमै आउट « Khabarhub

चितवनसँग पोखरा ८७ रनले पराजित, कुशलसहित चार ब्याटर शून्यमै आउट


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलरबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ ।

सोहल तानवीर र रिजन ढकालले घातक बलिङ गरेपछि पोखरा एभेन्जर्सले फराकिलो हार भोगेको हो ।

कीर्तिपुर मैदानमा यी दुई बलरले १६२ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराका ब्याटरलाई धरासायी बनाएका हुन् ।

चिवतनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले १३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ७४ रन जोड्यो ।

टस जितेर जावाफी ब्याटिङमा उत्रिएको पोखरालाई सुरुवाती बलमै झट्का लाग्यो । ओपनर तथा कप्तान कुशल भुर्तेल पहिलै बलमा रनको खाता नखोली आउट भए । सोहल तानवीरले रवि बोपारमार्फत् क्याच आयट गराए ।

पोखरालाई झट्का लाग्ने क्रम रोकिएन । पहिलो ओभरमै तीन विकेट खस्यो । दिलिप नाथ पहिलो ओभरको पाँचौ बल र बास दे लीडे पहिलो ओभरको अन्तिम बलमा आउट भए ।

दोस्रो ओभरमा पोखराले खेल लयमा पर्काउने प्रयास गरेको थियो । कुनै विकेट खसेन । तर चौथो आभेर रिजन ढकाल पोखराका लागि घातक बलर सावित भए । उनले उक्त ओभरमा तीन विकेट लिए ।

रिजनले चौथो ओभरको पहिलो बलमा दिनेश खरेल, चौथो बलमा किरण थगुन्ना र अन्तिम बलममा माइकल लिस्कलाई एलबीडब्ल्यू आउट गरे ।

चौथो ओभरको समाप्तिमा पुग्दा पोखरा ६ विकेट गुमाएर ७ रनको दयनीय अवस्थामा थियो । म्याथ्यु क्रिचली र नारायण जोशीले खेलमा लयमा फर्काउन कोशिस गरे पनि हारबाट बचाउन सकेनन् ।

नारायणले २४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३० रन जोडे । म्याथ्यु क्रिचलीले १६ बलमा २ चौकाको सहयोगमा १७ रन बनाए ।

चितवनलाई सहज जित दिलाउन अलराउन्डर लुक बेन्केस्स्टाइनले पनि तीन विकेट खसाले।

सबै तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ४ : ०० बजे

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम