एनपीएल : आज कर्णाली र काठमाडौं, विराटनगर र लुम्बिनीको प्रतिस्पर्धा | Khabarhub Khabarhub

एनपीएल : आज कर्णाली र काठमाडौं, विराटनगर र लुम्बिनीको प्रतिस्पर्धा


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा आज दुई प्रतिस्पर्धा हुन लागेका हुन्।

बिहान ९ बजे सुरु हुने पहिलो प्रतिस्पर्धामा कर्णाली याक्स र काठमाडौं गोर्खाज आम्नेसाम्ने हुनेछन्। कर्णाली सोमपाल कामीको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन्।

एकएक खेल खेलेका कर्णाली र काठमाडौं दुवै टिम जितबिहीन छन्। कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको हो। दुवै टोली बुधबारको प्रतिस्पर्धाम पहिलो जितको खोजीमा हुनेछन्।

दोस्रो खेलमा विराटनगर र लुम्बिनीको प्रतिस्पर्धा
बुधबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन्। विराटनगर दुई खेलमा पराजित भइसकेको छ भने लुम्बिनी पहिलो खेल खेल्दैछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको हो। आजको प्रतिस्पर्धामा विराटनगर पहिलो जितको खोजीमा हुनेछ।

यता राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पहिलो जितसँगै प्रतियोगिता सुरु गर्न चाहन्छ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ७ : २४ बजे

सार्वजनिक र निजी सम्पत्तिको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन-जी आन्दोलनका क्रममा भएको

त्रिपक्षीय छलफलमा दलबाट १६ र जेन-जीबाट १४ प्रतिनिधि सहभागी हुने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट

गाजामा भएको इजरायली आक्रमणमा परी ६० जनाको मृत्यु

तेल अभिभ- गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना

अलैँचीको मूल्य निरन्तर उकालो : प्रतिमन एक लाख पुग्यो

झापा– अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्च बिन्दुमा पुगेर ओरालो

त्रिपक्षीय छलफल अगाडि मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छन् ।