काठमाडौंमा चिसो बढ्यो, आज यो वर्षकै कम तापक्रम « Khabarhub

काठमाडौंमा चिसो बढ्यो, आज यो वर्षकै कम तापक्रम


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूनतम तापक्रम घटेसँगै काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहान पौने ९ बजे जारी गरेको बुलेटिन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै कम तापक्रम हो । काठमाडौंमा मंगलबार न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रहेको थियो ।

काठमाडौंमा आज बिहान हावाको गति तीन किलोमिटर प्रतिघण्टा रहेको थियो भने आर्द्रता ७५ प्रतिशत रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ५ किलोमिटर रहेको छ भने एक हजार पाँच सय फिटको उचाइमा केही बादल रहेको छ ।

महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम रहेको छ । जुम्लामा आज माइनस ५.५ डिग्री सेल्सियस रहेको छ ।  यसपछिको कम तापक्रम काठमाडौंको हो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ९ : ५० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को