नेपाल र चीनबीच बीआरआई सहकार्य ‘फ्रेमवर्क’मा हस्ताक्षर « Khabarhub

नेपाल र चीनबीच बीआरआई सहकार्य ‘फ्रेमवर्क’मा हस्ताक्षर


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो रस्साकस्सीबीच नेपाल र चीनले अन्तत: बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको ‘फ्रेमवर्क’मा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा बुधबार नेपाली र चिनियाँ अधिकारीबीच बेल्ट एन्ड रोड सहकार्यको ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको हो ।

बेइजिङमा बुधबार दिउँसो भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहदुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका छन् ।

गत सोमबार चार दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले बीआरआई कार्यान्वय अघि बढाउने कुरामा सहमति जनाउने नजाउने द्विविधा थियो। बीआरआई कार्यान्वयनमा लैजाने कुरामा नेपालसहित छिमेकी र अन्य शक्ति राष्ट्रले पनि चासोसाथ हेरिरहेका बेला हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री ओली चीन जानुअघि बीआरआई ‘फ्रेमवर्क’मा हस्ताक्षर गर्ने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेले सहमति जनाएका थिए ।

चीनद्वारा प्रस्तावित ‘कार्यान्वयन योजना’ शीर्षक नराखी ‘सहकार्य फ्रेमवर्क’ का नाममा सम्झौता गर्न दुई दल तयार भएअनुसार नै बेइजिङमा बुधबार दुई देशका अधिकारीबीच हस्ताक्षर आदान-प्रदान भएको हो ।

दुई दलले सहमति जुटाएपछि प्रधानमन्त्री ओलीको भ्रमणको कार्यक्रम तालिका मिलाउन छेन्दु पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालतर्फको प्रस्ताव र मोडालिटीबारे चिनियाँ समकक्षी वाङ यीलाई जानकारी गराएकी थिइन् ।

यो सहमति अघि बढाउन प्रधानमन्त्री ओलीले सत्तारूढ कांग्रेससँग लामो र गहिरो संवाद गरेका थिए । त्यसपछि चिनियाँ पक्षसँग पनि उनले भ्रमणमा जानुअघि छलफल चलाएका थिए । ओलीले दुवै पक्षसँग छलफल गरेपछि बीआरआई अघि बढाउने ‘फ्रेमवर्क’मा हस्ताक्षर सम्भव भएको हो ।

गत मंसिर १५ गते दुई दलबीच सहमति जुटेपछि बीआरआईको प्रस्तावित ‘फ्रेमवर्क’ को मस्यौदा चिनियाँ पक्षलाई पठाइएको थियो । अन्तत: नेपालले राखेकै भाषाअनुसार बीआरआई अघि बढाउने गरि हस्ताक्षर आदान प्रदान भएको छ ।

यो परियोजना अघि बढाउने विषयमा चीनले सन् २०२० मा ‘बीआरआई कार्यान्वयन सम्झौता’ का नाममा नेपाललाई प्रस्ताव पठाएको थियो । तर ओलीको भ्रमणअघि नेपाल पक्षले त्यसमा परिमार्जनसहित ‘बीआरआई सहकार्य फ्रेमवर्क’ भनेर पठाएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १ : ०८ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी