विराटनगरलाई लुम्बिनीले दियो एनपीएलकै उच्च १९२ रनको चुनौती « Khabarhub

विराटनगरलाई लुम्बिनीले दियो एनपीएलकै उच्च १९२ रनको चुनौती


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेलमा लुम्बिनी लाइन्सले विराटनगर किङ्ग्सलाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

निर्धारित २० ओभरमा लुम्बिनीले ७ विकेट गुमाउँदै एनपीएलको जारी सिजनको सबैभन्दा उच्च १९१ रन जोडेको हो ।

जारी प्रतियोगितामा लुम्बिनीले बनाएका यो सबैभन्दा उच्च रन हो । यसअघि विराटनगरविरुद्ध नै सुदूरपश्चिम रोयल्सले १८२ रनको उच्चको स्कोरको चुनौती दिएको थियो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको लुम्बिनीका कप्तान रोहित पौडेल अर्धशतक पूरा गर्न ४ रनले चुके । विराटनरलाई यो लक्ष्य प्रस्तुत गर्ने क्रममा उनले २९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४६ रन जोडे ।

इङ्ल्यान्डका ब्याटरसमेत रहेका टम मूर्सले लुम्बिनीका लागि १७ बलमा ३० रन जोडे । १ चौका र ३ छक्का प्रहार गरेका उनी रन आउट भएका थिए ।

घरेलु अलराउन्डर विवेक यादवले अविजित १९ रन जोडे । सात बल खेलेका उनले तीन छक्काको मद्दतमा राम्रो स्कोर गरे ।

तर लुम्बिनीका दुवै ओपनरको ब्याटिङ चलेन । ओपनर आशुतोष घिरियाले १५ र अर्का ओपनर अर्जुन साउदले १७ रन जोडे ।

विराटनगरका सन्दीप लामिछानेले लिगको पहिलो विकेट लिने क्रममा साद बिन जफरलाई मार्टिन गुप्टिलमार्फत क्याच आउट गराए । जफरले १३ बलमा १५ रन जोडे । सन्दीप जोराले १३ बलमा १२ रन जोडे ।

बलिङतर्फ इस्मत आलम, राजेश पुलामी मगर र सन्दीपले एक–एक विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

तस्बिर : चिरायु

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  २ : ४२ बजे

‘विकासका लागि सबै जिम्मेवार बन्नुपर्छ’

काठमाडौं– मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दललगायत सबै जिम्मेवार

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको

यस्तो छ, समानुपातिकको बन्द सूची

काठमाडौं– निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी