लुम्बिनीलाई हराएपछि विराटनगरको ‘सेलिब्रेसन’ (तस्बिरहरू) « Khabarhub

लुम्बिनीलाई हराएपछि विराटनगरको ‘सेलिब्रेसन’ (तस्बिरहरू)



काठमाडौं- काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सविरुद्ध सनसनीपूर्ण जित दर्ता गराएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको दोस्रो खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेट हराउँदै राहतको श्वास फेरेको हो। यसअघि दुई खेलमा पराजित विराटनगरको यो जितपछि समर्थकमा पनि खुसी छाएको छ।

लुम्बिनी लायन्सले जितका लागि दिएको एक सय ९२ रनको लक्ष्य विराटनगरले १९ दशमलव पाँच ओभरमा आठ विकेट गुमाउँदै पूरा गरेपछि मैदानमा माहोल नै फेरियो ।

कुनैबेला लुम्बिनीको पक्षमा गइसकेको खेललाई विराटनगरका क्रिस सोलले अन्तिम ओभरको अन्तिम तीन बललाई बाउन्ड्री हानेका थिए ।

विराटनगरको जितमा लोकेश बमले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ६ छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ७१ रन बनाए । यस्तै, बसिर अहमदले ४०, मार्टिन गुप्टिलले २८, क्रिस सोलले १४ र दीपक बोहोराले नौ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका लागि दुर्गेश गुप्ताले सर्वाधिक तीन विकेट लिए । यस्तै, रामोन सिमन्ड्स र सादबिन जफरले दुई दुई तथा विवेक यादवले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गरे । यस्तै, टम मूर्सले ३०, विवेक यादवले १९, अर्जुन साउदले १७, आशुतोष घिरैया र सादबिन जफरले समान १५-१५ तथा सन्दीप जोराले १२ रन बनाए । लुम्बिनीले अतिरिक्त २९ रन पाएको थियो ।

बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एक एक विकेट लिए ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ५ : ४८ बजे

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय