प्रधानमन्त्री ओली चीनबाट स्वदेश प्रस्थान « Khabarhub

प्रधानमन्त्री ओली चीनबाट स्वदेश प्रस्थान


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– प्रधानमन्त्री ओली चीनको बेइजिङबाट स्वदेशका लागि प्रस्थान गरेका छन् । ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका हुन् ।

प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो साढे २ बजे काठमाडौं पुग्ने कार्यक्रम रहेको छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन गएका थिए ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिन फिङ, समकक्ष लीलगायतसँग भेटवार्ता गर्नुका साथै नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन्।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ८ : ४७ बजे

चितवनमा थपिए ३४ मतदान केन्द्र

चितवन– प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र

खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त

ढाका– बंगलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले मंगलबार

काठमाडौंमा ‘तमु ल्होसार’को रौनक (तस्बिरहरू)

काठमाडौं– गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

किसानसँग कोटाभन्दा बढी धान खरिद

बाँके– नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

ऐजेन्सी– बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष