पोखराले जनकपुरलाई दियो १३९ रनको चुनौती : ललितले लिए तीन विकेट « Khabarhub

पोखराले जनकपुरलाई दियो १३९ रनको चुनौती : ललितले लिए तीन विकेट


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार बिहान भएको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको चुनौती दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्ड रोजेपछि पोखराले सुरुमा ब्याटिङ गरेको हो। पूरै २० ओभर खेल्दै पोखराले ७ विकेटको क्षतिमा १३८ रन बनाएको हो।

पोखराका लागि मार्कस क्रिचले सर्वाधिक ३५ रन बनाए । ३० बल खेलेका उनले तीन चौका र १ छक्का हिर्काएका हुन् । माइकल लेस्कले २५ रन बनाउँदा एन्ड्रिज गौसले २० रन जोडे । रेमन रेफरले १७ रन बनाएको खेलमा दिलिप नाथ ११, दिनेश खरेल १० रनमा समेटिँदा कप्तान कुशल भुर्तेल ६ रनमा आउट भए ।

पोखरालाई सस्तैमा समेट्न जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा ३१ रन दिएर तीन विकेट हात पारेका हुन्। जेमी निसमले दुई विकेट लिँदा किशोर महतो र मोहमद मोसिनले एकएक विकेट हात पारे।

अहिले जनकपुरले जवाफी ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  १० : ४१ बजे

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल