जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित | Khabarhub Khabarhub

एनपीएल क्रिकेट

जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सको रवाफिलो प्रदर्शन जारी छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले पोखरामाथि ७ विकेटको सहज जित निकालेको छ ।

पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दै दिएको १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले ७ विकेटको क्षतिमा १७ बाँकी रहँदै जित पक्का गरेको हो ।

जनकपुरलाई जिताउने क्रममा लाहिरु मिलान्थाले ३२ बलमा सर्वाधिक ४५ रनको योगदान गरे । त्यसैगरी आशिफ शेखले ३४ बलमा ३३ रन बनाए । नटआउट रहेका जेम्स मिसनले २० बलमा विस्फोटक ४० रनको योगदान दिए ।

पराजित पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र मिचेल लिस्कले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३८ रनको योगफल तयार पार्न सफल भएको थियो ।

पाेखराका लागि मार्कस क्रिटलेले ३५, माइकल लिस्कले २५, आन्द्रेस गौसले २०, रेमन रिफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १० रन बनाएका थिए ।

उता जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, जिमी निसमले दुई तथा मोहम्मद मोहसिन र किशोर महतोले समान एक विकेट लिए ।

जनकपुरले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै आफ्नो प्रभाव कायमै राखेको छ । लगातार तीन खेल जित्ने जनकपुर पहिलो टोली पनि भएको छ।

जनकपुरले पहिलो खेलमा विराटनगर किङ्सलाई हराएको  थियो । त्यस्तै दोस्रो खेलमा उसले कर्णाली याक्सलाई पनि पराजित गरेको थियो ।

उता पोखराले भने प्रतियोगितामा लगातार दोस्रो हार भोग्दै कर्णाली याक्स र विराटनगरकै नतिजालाई पछ्याएको छ । पोखरा पहिलो खेलमा छिमेकी चितवन राइनोजसँग पराजित भएको थियो। दोस्रो खेलमा पनि उसले आफ्नो खराब लयलाई निरन्तरता दिँदा नतिजा जनकपुरको पक्षमा गयो ।

तस्बिहरू : चिरायु शाक्य

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  १२ : ०७ बजे

बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मिएका

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ– म्याग्दे गाउँपालिका-१ गुणादीस्थित सडकमा दमौलीबाट थर्पुतर्फ आउँदै गरेको बा.१३ च ६७७८

तनहुँबाट छ जना जुवाडे पक्राउ

तनहुँ– भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली

तुर्कमेनिस्तान– प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो