मन्त्री यादवको निर्देशन- नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नू | Khabarhub Khabarhub

मन्त्री यादवको निर्देशन- नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नू


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर – खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनमा आज विराटनगरमा आयोजित ‘सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी २०८१’को उद्घाटनका अवसरमा उनले उक्त निर्देशन दिएका हुन् ।

उनले भने, ‘जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन, कार्यालयका सूचना तथा गुनासोको प्रभावकारी व्यवस्थापन गराउन, वित्तीय अनुशासन कायम गराउन र बेरुजु फर्छ्यौट र सम्मपरीक्षणका लागि अविलम्ब पेस गरी, जनतालाई सुशासनको प्रत्याभूति दिलाउन आवश्यक छ ।’

देश, राष्ट्र, राष्ट्रियताका पक्षमा उभिएर एवं आम नेपाली नागरिकलाई कर्मचारीले सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो ।

मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले आयोजनाको दोहोरोपना हटाउने गरी काम गर्न निर्देशन दिइन्। खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले बेरुजु र भ्रष्टाचार फरक कुरा भएकाले बेरुजु फछ्र्यौटका लागि सङ्घीय कार्यालय र प्रदेश डिभिजन कार्यालयको संयुक्त प्रयास आवश्यक रहेको बताइन्।

उनले भने, ‘हामीले सकेसम्म बेरुजु नहुने गरी काम गर्नुपर्छ । भएका बेरुजु फरफारक गरी दिगो विकासको लक्ष्य र संविधानले प्रत्याभूत गरे अनुरूपको खानेपानी तथा सरसफाइको सेवा प्रदान गर्नु प्रमुख कर्तव्य हो ।’

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  २ : २६ बजे

किस्ट अस्पताल पुगेर जेन-जीको नाममा हिंसा भड्काउन खोज्नेलाई लखेट्यो प्रहरीले

काठमाडौं– चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि

झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

झापा– नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको

पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि

पाटन– ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि प्रदर्शन

सुनसरीको हरिनगरमा दुई समूहबीच झडप, हिंसा रोक्न सेनासहितको संयुक्त गस्ती

सुनसरी- सुनसरीको दक्षिणी हरिनगर गाउँपालिका वडा नं. २ रामनगर भुटाहामा

सुपरस्टार जोडी शाहरुख–सलमान सँगै फिल्ममा ?

काठमाडौं– बलिउड  सुपरस्टार शाहरुख खानले चार वर्षको लामो ब्रेकपछि २०२३