काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स ७३ रनले विजयी | Khabarhub Khabarhub

काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स ७३ रनले विजयी


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)  क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ ।

सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो । यससँगै सुदूरपश्चिमले एनपीएलमा लगातार दोस्रो जित निकालेको छ ।

सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा दिएको १६८ रनको मध्य चुनौती पछ्याएको काठमाडौं १५.५ ओभरमै अलआउट हुँदै ९४ रनमा सीमित भएको हो ।

गेर्हार्ड काठमाडौंका लागि सर्वाधिक रन जोड्ने ब्याटर हुन् । उनले ३३ बलमा ३७ रन जोड्न ५ चौका र १ छक्का प्रहार गरेका थिए । त्यसपछि सुमित महर्जनले १४ रन बनाए । उता भीम सार्की र गेर्हार्ड इरास्समसले १० /१० रनको योगदान दिए । काठमाडौंका अरु ब्याटर दोहोर स्कोर गर्नबाट चुके ।

काठमाडौंलाई धरासायी बनाउने क्रममा सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले केबल १९ रन दिएर ५ विकेट झारे । साउदको कसिलो बलिङसामु काठमाडौंका ब्याटर धरासायी हुँदा १०० रन पनि छुन नसकेको हो ।

नरेनले नामिबियाका अलराउन्डर काठमाडौंका गेर्हार्ड इरास्मस, इङ्ल्यान्डका मध्यक्रमका ब्याटरसमेत रहेका स्टिफन एस्किनाजी, रसिद खान, करण केसी र शाहब अलामको विकेट लिएका हुन् ।

काठमाडौंका दुवै ओपनर माइलक लिभर्ट र शंकार रानाले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ नरेनलेबाहेक अभिनाश बोहोराले २ विकेट लिए । ब्रान्डन म्याकमुल्लेन र सैफ जाइबले समान १–१ विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ४ : ०५ बजे

खानेपानीका स्थानीय योजनामा बजेट अभाव

पाँचथर– पाँचथरका पालिका तथा वडास्तरमा निर्माण तथा मर्मत भइरहेका खानेपानीका

मुस्ताङमा आज पनि भारी हिमपात

मुस्ताङ– मुस्ताङमा सोमबार रातिदेखिको हिमपात जारी रहेको छ । भारी

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई ६३ लाख ९६

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

काठमाडौं- सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको

देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली

धरान— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एकीकृत समाजवादी (नेकपा