१८ वर्षीय नरेन : पहिलो खेलमै ५ विकेट, धारिलो बलिङले काठमाडौं निरीह | Khabarhub Khabarhub

१८ वर्षीय नरेन : पहिलो खेलमै ५ विकेट, धारिलो बलिङले काठमाडौं निरीह


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा १८ वर्षीय बलर नरेन साउदले प्रभावशाली बलिङ गरे । उनको शानदार प्रदर्शनले काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स ७३ रनको जित निकालेको छ ।

त्रिवि कीर्तिपुर मैदानमा टस जितेर १६८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंको हारको कारण नै नरेनको घातक बलिङ बन्यो ।

काठमाडौंलाई १५ दशमलव ५ ओभरमा ९४ रनको अवस्थामा अलआउट गराउने क्रममा नरेन एक्लैले पाँच विकेट लिए । त्यहीकारण काठमाडौं ७३ रनले हार भोग्न बाध्य भयो ।

काठमाडौंका लागि लामो समय क्रिजमा टिकेर सर्वाधिक ३७ रन जोड्ने स्टिफन स्टिफन एस्किनाजीको विकेट पनि उनैले लिए । इङ्ल्यान्डका मध्यक्रमका ब्याटर स्टिफन नरेनकै बलको शिकार हुनुअघि ५ चौका र एक छक्का सहयोगमा ३७ रन बनाएर खेलिरहेका थिए ।

३ दशमलव ५ ओभर बलिङ गरेका बायाँहाते बलर नरेनले केबल १९ खर्चिएर ५ विकेट लिए । उनले सात ओभरको चौथो बलमा नामिबियाका अलराउन्डर एवम् काठमाडौंका गेर्हार्ड इरास्मसको विकेट पनि लिए ।

त्यस्तै, नरेनको बलमै रसिद खान, करण केसी र शाहब अलाम लामो समय टिक्न नसकी आउट भए । उनले छैटौँ विकेटका रुपमा स्टिफन, सातौँ विकेटका रुपमा रसिद खान, नवौँ विकेटका रुपमा करण केसी र दशौँ विकेटका रुपमा शाहब आलमलाई पवेलियन फर्काए ।

नरेनले गेर्हार्डलाई बाहेक अन्य चार ब्याटरलाई क्याच आउट गराए । जारी प्रतियोगितामा दुई खेल खेलेको सुदूरपश्चिमले शतप्रतिशत नतिजा निकालेको छ ।

पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९० रनले हराएको थियो । त्यस खेलमा खेलमा नरेन सुदूरपश्चिमको प्लेइङ इलाभेनमै परेका थिएनन् ।

तर, दोस्रो खेलमा मौका पाउनेबित्तिकै उनले आफ्नो कौशल देखाएर टीमलाई फराकिलो जित दिलाउन पनि सफल भए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ५ : ०८ बजे

खानेपानीका स्थानीय योजनामा बजेट अभाव

पाँचथर– पाँचथरका पालिका तथा वडास्तरमा निर्माण तथा मर्मत भइरहेका खानेपानीका

मुस्ताङमा आज पनि भारी हिमपात

मुस्ताङ– मुस्ताङमा सोमबार रातिदेखिको हिमपात जारी रहेको छ । भारी

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई ६३ लाख ९६

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

काठमाडौं- सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको

देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली

धरान— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एकीकृत समाजवादी (नेकपा