राजपा-समाजवादी एकीकरण नहुने, महाधिवेशनको तयारीमा जुट्यो राजपा « Khabarhub

राजपा-समाजवादी एकीकरण नहुने, महाधिवेशनको तयारीमा जुट्यो राजपा


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकता विषयमा वार्ता नै नभएको खुलासा गरेका छन् ।

काठमाडौं बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अध्यक्ष मण्डल बैठकमा एकता छलफलबारे जानकारी गराउँदै महतोले अहिलेसम्म ‘औपचारिक वार्ता नै नभएको’ खुलासा गरेका हुन्। ‘उहाँहरूसँग भेटघाट भएको बेला समान्य छलफल मात्र भएको हो,’ बैठकमा आफ्नो कुरा राख्दै महतोले भने, ‘औपचारिक रूपमा वार्ता भएकै छैन, अहिलेसम्मको प्रगति केही त्यस्तो पनि छैन।’

एकताका लागि पार्टीद्वारा गठित वार्ता समिति संयोजकसमेत रहेका महतोले ‘अनौपचारिक रूपमा भएको छलफल सकारात्मक रहे पनि औपचारिक रूपमा वार्ता भने नभएको’ जानकारी बैठकलाई गराएका छन् ।

राजपा नेपाल विचार, सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने पार्टीसँग एकीकरण गर्ने पक्षमा छ। समाजवादीले एकीकरणका लागि चासो व्यक्त गरेपछि राजपाले पनि वार्ता समिति नै गठन गरेको थियो।

समाजवादी सहअध्यक्ष एवं वार्ता समिति सदस्य राजेन्द्र श्रेष्ठले राजपा नेपालसँग एकीकरण गर्न अहिलेसम्म औपचारिक वार्ता नभएको स्पष्ट पारे । घेटघाटमा छलफल भए पनि औपचारिक छलफल नभएको उनको प्रस्टोक्ति छ ।

राजपा नेपालको जारी अध्यक्ष मण्डल बैठकमा नेताहरु पार्टि महाधिवेशन तयारमिा जुट्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका ७ मध्ये ६ पार्टी मिलेर राजपा नेपाल घोषणा भएको थियो । राजपा नेपालले यसअघि नै आगामी २८, २९ र ३० कात्तिकमा महाधिवेशन मिति तय गरिसकेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै