गहुँखेती प्रवर्द्धन गर्न किसानलाई अनुदान दिँदै पोखरा महानगर « Khabarhub

गहुँखेती प्रवर्द्धन गर्न किसानलाई अनुदान दिँदै पोखरा महानगर


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा महानगरपालिकाले गहुँखेतीप्रति किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रम कार्यान्वयन गर्ने भएको हो ।

महानगरपालिकाले हिउँदे बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गहुँखेतीका लागि बीउ, जमिन जोत्ने, थ्रेसिङ गर्नेलगायत कामका लागि अनुदान दिने निर्णय गरेको छ ।

महानगरको कृषि महाशाखाअख प्रमुख मनोहर कडरियाका अनुसार पोखरा महानगपालिका क्षेत्रभित्र हुने गहुँखेतीका लागि न्यूनतम एक सय रोपनी क्षेत्रफलको ‘क्लष्टर’लाई आधार मानेर बीउ, जमिन जोत्न र थ्रेसिङ गर्न ५० प्रतिशत अनुदान दिइने छ ।

महानगरपालिकाका वडा नम्बर १३, १९, २३, २६, २७, २८ र ३२ का विभिन्न स्थानमा गहुँखेती प्रवर्द्धनात्मक कार्यक्रम कार्यान्वयन गरिने छ । यस वर्ष महानगरपालिकाले चार हजार किलोग्राम गहुँको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ९ : १६ बजे

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि व्यावसायिक सफारी सेवा बन्द

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने

६० वर्ष लामो विश्वकप उपाधि खडेरी तोड्ने दाउमा इंग्ल्यान्ड, आज कङ्गोसँग भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक

राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

इरान युद्ध : कतारका प्रधानमन्त्री र अमेरिकी दूतबीच दोहामा भेटवार्ता

काठमाडौँ – इरान र इजरायलबीच जारी तनावका बीच कतारको राजधानी

यी भूभागमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल