चिनियाँ स्कुल र विश्वविद्यालयमा ‘लभ र रोमान्स’ पढाइने « Khabarhub

चिनियाँ स्कुल र विश्वविद्यालयमा ‘लभ र रोमान्स’ पढाइने


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– अहिले चीनको सबैभन्दा ठूलो समस्या देशको घट्दो जन्मदर हो, जसलाई लिएर सरकार निकै चिन्तित छ ।

चिनियाँ सरकारले यसको समाधान खोज्न निरन्तर प्रयास गरिरहेको छ। यही सन्दर्भमा सरकारले अब कलेज र विश्वविद्यालयबाट ‘लभ एजुकेशन’ कार्यक्रम सुरु गर्ने सोच बनाएको छ ।

यसले विवाह, प्रेम र पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्ने सरकारको अपेक्षा छ । यो पहल चीनले लगातार दोस्रो वर्ष जनसङ्ख्यामा आएको गिरावटको सामना गरिरहेको बेला गरेको हो। जसका कारण सरकारी श्रोत र अर्थतन्त्रमा वृद्ध वृद्धाको प्रभावको चिन्ता बढ्दै गएको छ ।

करिब १ सय ४० करोड जनसंख्यासहित चीन विश्वको दोस्रो ठूलो जनघनत्व भएको देश हो । तर यहाँ ज्येष्ठ नागरिक धेरै छन् । यस्तो अवस्थामा कलेजका विद्यार्थीले भविष्यमा देशको जनसङ्ख्या विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारको विश्वास छ ।

अहिले धेरै युवाहरू रोमान्टिक सम्बन्ध बनाउन हिचकिचाउने गरेको अखबारले जनाएको छ । यस्तो अवस्थामा कलेज र युनिभर्सिटीले विवाह र प्रेम शिक्षाको पाठ्यक्रम उपलब्ध गराउन जरुरी छ । यस प्रयासको उद्देश्य विवाह र बच्चा जन्माउने वरिपरि अनुकूल सांस्कृतिक वातावरण प्रवर्द्धन गर्ने हो।

चेङकाई युनिभर्सिटीका  प्रोफेसर चि युयान ही भन्छन्, ‘यो जरुरी भइसकेको थियो, सरकारले यसबारे थप निर्णय लिनु पर्छ । लभ र रोमान्सबाट भागिरहेका चिनियाँहरूलाई अब त्यसमा सामेल गर्नु पर्छ ।’

केही समयअगाडि भएको एउटा सर्वेक्षणलले लगभग ५७ प्रतिशत कलेज विद्यार्थीहरू रोमान्टिक सम्बन्धमा संलग्न हुन नचाहेको पत्ता लगाएको थियो।  यसको सबैभन्दा ठूलो कारण शैक्षिक जिम्मेवारी र व्यक्तिगत सम्बन्धलाई सन्तुलनमा राख्न कठिनाइको सामना गर्नु हो।

केही दिनअघि एउटा क्यामेरा उत्पादक कम्पनीले अफिसमा रोमान्स गर्ने कर्मचारीलाई नगद उपहारको घोषणा गरेको थियो । रोमान्स गरेमा २ हजार युयान र रोमान्स पछि विवाह गरेमा १ हजार र सन्तान जन्माएमा ५ हजार युयान उपहार दिने घोषणा गरेको थियो । अहिले चीनमा रोमान्स गर्नेका लागि निजी कम्पनीहरूले धेरै अफर दिइरहेको समाचार पढ्न पाइन्छ ।

यस्तो अवस्थामा  सरकारले पनि कक्षा कोठामा ‘लभ र रोमान्स’बारे पढाउने नीति लिएको हो, जुन सम्बन्धलाई उनीहरूले टाढै राख्ने प्रयास गरिरहेका थिए । अब सरकारको यो प्रयासले परिस्थितिमा केही सुधार आउँछ कि गर्दैन, त्यो हेर्न बाँकी नै छ । -न्युजकारखाना

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  २ : ३८ बजे

बल्खु सुकुम्बासी बस्तीमा पुग्यो डोजर, सामान सार्न व्यस्त बासिन्दा

काठमाडौं– उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अतिक्रमित सुकुम्बासी

‘पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ’  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक

सरकारले कहिले बोलाउँछ बजेट अधिवेशन ?

काठमाडौँ- धमामध अध्यादेश ल्याइरहेको सरकार संसद्को बर्खे अर्थात् बजेट अधिवेशन