पोखराविरुद्ध लुम्बिनीका कप्तान रोहितको अर्धशतक « Khabarhub

पोखराविरुद्ध लुम्बिनीका कप्तान रोहितको अर्धशतक


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल अर्धशत प्रहार गरेका छन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितले ३३ बलमा ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । रोहितले ३९ बलमा ६१ रन जोडेका हुन् । उनले ७ चौका र एक छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् ।

यसअघि लुम्निबीका दुवै ओपनर आशुतोष घिरिया र उन्मुक्त चन्द शून्यमै आउट भएका थिए । आशुतोषको विकेट गुमेपछि रोहित मैदान छिरेका थिए । दुवै ओपनर आउट भएपछि दबाबमा परेको लुम्बिनीको स्कोर रोहितले उकासेर १०० रन कटाइसकेका छन् ।

कीर्तिपुर मैदानमा टस जितेर लुम्बिनीले पहिला ब्याटिङ राजेको हो । रोहितलाई अहिले क्रिजमा टोम मुरेसले १८ बलमा २३ रन बनाएर साथ दिइरहेका छन् ।

जारी प्रतियोगिताको यो दशौं अर्धशतक हो । यसअघि चितवनका रवि बोपाराले दुई अर्धशतक र ब्रान्डन म्याकमुलेन, लोकेश बम, शिखर धवन, रवि बोपारा, दीपेन्द्र सिंह ऐरी, अनिल साह, लाहिरु मिलान्था र मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका थिए ।

कीर्तिपुर मैदानमा टस जितेर लुम्बिनीले पहिला ब्याटिङ राजेको हो ।

तस्बिहरू : चिरायु शाक्य

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ५५ बजे

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै