काठमाडौँको टोखामा भेटियो सेतो काग, चराविद् नै आश्चर्यचकित ! « Khabarhub

काठमाडौँको टोखामा भेटियो सेतो काग, चराविद् नै आश्चर्यचकित !


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काग भन्ने वित्तिकै मानिसको दिमागमा कालो चरा अर्थात हामीले देखिरहेकै चराको कल्पना गरिन्छ ।

हाम्रो वरपर पाइने काग कालो र हिमाली क्षेत्रमा पाइने काग खरानी रङसम्मको हुने भए पनि कालो नै हुन्छ । तर, काठमाडौंको टोखामा भने सेतो काग भेटिएको छ ।

काठमाडौंको टोखामा सेतो काग भेटिएपछि खबरले चराविद पनि आश्चर्यचकित परेका छन् । चराविद्हरू मोहनविक्रम श्रेष्ठ, पूर्णमान श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ र सुवर्ण घिमिरेको टोलीले शनिबार टोखाको ठूलो लाछीमा सेतो काग फेला पारेका हुन् ।
टोखावासीका अनुसार उक्त सेतो काग ४–५ वर्षदेखि काब्रोको रूखमा गुँड बनाएर बस्दै आएको छ ।

स्थानीयले त्यसलाई पहिचान गर्न सकेका थिएनन्। ‘स्थानीय बूढापाकाले पहिले नै देखेका रहेछन्,’ चरा अनुगमन र संरक्षण शिक्षामा काम गर्दै आएका आनन्दकुमार श्रेष्ठले भने, ‘सेतो कागको पहिलो पटक तस्बिर खिच्न सफल भएका छौं।’ केहीअघि कीर्तिपुरमा सेतो काग भेटिएको थियो।

टोखामा भेटिएको सेतो कागको प्वाँख सेतो भए पनि ठुँड, आँखा र खुट्टाका नङ्ग्रा भने काला छन् । यसको आनीबानी र आहारा भने कालो कागको जस्तै छ। चराविद्हरूका अनुसार उत्परिवर्तन भएर कागको रङ सेतो भएको हो। वंशाणुगत गुणमा अचानक आउने परिवर्तनले यस्तो भएका हुनसक्ने बताइन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : ५४ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय

विश्व स्वास्थ्य सुरक्षामा जोखिम, अमेरिकाको फिर्ता विश्व स्वास्थ्यका लागि चुनौती

जेनेभा– विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले संयुक्त राज्य