एन्ड्रिजको विस्फोटक ब्याटिङ, बनाए एनपीएलको पहिलो शतक | Khabarhub Khabarhub

एन्ड्रिजको विस्फोटक ब्याटिङ, बनाए एनपीएलको पहिलो शतक


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा एभेन्जर्सका ओपनर ब्याटर एन्ड्रिज गौसले जारी नेपाल प्रिमियर लिगकै पहिलो शतक हानेका छन् ।

लुम्बिनी लायन्सविरुद्ध विस्फोटक ब्याटिङ गरेका उनले ५४ बलमा शतक बनाएका हुन् ।

अमेरिकाका ब्याटरसमेत रहेका उनले यसअघि २० बलमा ५ चौका र ३ छक्का मदतमा अर्धशतक पूरा गरेका थिए ।

यससँगै जारी एनपीएलमा एन्ड्रिज सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन् । उनले २० बलमा ५२ रन बनाए । अब एनपीएलको पहिलो शतक पनि उनकै नाममा लेखिएको छ।

एन्ड्रिजको ब्याटिङका कारण लुम्बिनीका कप्तान रोहित पौडेलले बनाएको सर्वाधिक ९५ रन पनि ओझेलमा परेको छ ।

उता पोखराकै दिनेश खरेलले पनि एन्ड्रिजसँग गतिलो साझेदारी गर्दै ४६ बलमा ६१ बनाएका छन् । उनले ४ चौका र ४ छक्का पनि हाने।

यसअघि प्रतियोगितामा सूदरपश्चिका कप्तान दीपेन्द्रसिंह ऐरीले कम बल २३ बलमा अर्धशतक हानेका थिए । उनले २३ बलमा विराटनगर किङ्सविरुद्ध अर्धशतक पूरा गरेका थिए ।

जारी एनपीएलमा अर्धशतक हान्ने दिनेश ११ औँ खेलाडी बनेका छन् । यसअघि चितवनका रवि बोपाराले दुई अर्धशतक प्रहार गरिसकेका छन् । रोहित पौडेल ब्रान्डन म्याकमुलेन, लोकेश बम, शिखर धवन, रवि बोपारा, दीपेन्द्र सिंह ऐरी, अनिल साह, लाहिरु मिलान्था र मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ३ : ५६ बजे

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ

मुस्ताङ– म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा

तामाखानी उत्खननका लागि खोजतालस सुरु

बागलुङ– बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत– बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन