स्वीडेन र डेनमार्कबीच सैन्य सवारी साधनका लागि दुई अर्ब ३० करोड डलर सम्झौता « Khabarhub

स्वीडेन र डेनमार्कबीच सैन्य सवारी साधनका लागि दुई अर्ब ३० करोड डलर सम्झौता


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

स्टकहोम– युक्रेनलाई अनुदान दिएपछि आफ्नो भण्डार पुनःपूर्ति गर्न स्वीडेन र डेनमार्कबीच २०५ बख्तरबन्द लडाकू सवारी साधनका लागि स्वीडेनको एक सैन्य उपकरण निर्माताकम्पनीसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

माग गरिएका २०५ थान सीभी ९० गाडीमध्ये ११५ डेनमार्क, ५० स्वीडेन र ४० युक्रेनमा डेलिभरी गरिने स्वीडेन सरकारले जनाएको छ ।

बीएई सिस्टम्स ह्याग्लुन्ड्ससँग २.३ अर्ब अमेरिकी डलरको सम्झौता भएको छ, जुन पहिले स्वीडेन र डेनमार्कले दान गरेको रकमबाट वित्तपोषित हुनेछ ।

स्वीडेनका रक्षामन्त्री पाल जोन्सनले भने, ‘यी लगानीले युरोप र विशेष गरी युक्रेनलाई सुरक्षित बनाउन सम्भव बनाउनेछ ।’

चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, नेदरल्याण्ड्स, नर्वे, स्लोभाकिया, स्वीडेन, स्विट्जरल्याण्ड र युक्रेन गरी १० वटा देशमा सीभी ९० लडाकु सवारी साधन छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ५ : ०९ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२