पत्रकार महासङ्घको निर्वाचन : शनिबार ११ बजेसम्म दाबी विरोध गर्न सकिने « Khabarhub

पत्रकार महासङ्घको निर्वाचन : शनिबार ११ बजेसम्म दाबी विरोध गर्न सकिने


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, कमल गिरी, देवीप्रसाद सापकोटा र लालसिंह (एल एस) लामाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, दामोदरप्रसाद दवाडी, गोविन्दप्रसाद चौलागाईं र रोशन पुरीको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा नितु पण्डित र गङ्गा पौडेल (बराल), समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभासप्रसाद साहको उम्मेदवारी परेको छ ।

महासङ्घको महासचिवमा रामप्रसाद दाहाल, प्रकाश थापा, लेखनाथ न्यौपाने र जन्मदेव जैसी गरी चार जनाको उम्मेदवारी परेको छ ।

यसैगरी खुला सचिवमा सात, महिला सचिवमा तीन, आदिवासी जनजाति सचिवमा तीन, मधेसी सचिवमा तीन, दलित सचिवमा चार, एशोसियट सचिवमा तीन र कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले बताए ।

उम्मेदवारका बारेमा शनिबार बिहान ११ बजेसम्म दाबी विरोध गर्न सकिने समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकामा उल्लेख छ । महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुँदैछ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १० : ५० बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल