पर्साको तिलावे पुल भत्किएको छ महिना बित्यो, पुनर्निर्माणमा छैन चासो « Khabarhub

पर्साको तिलावे पुल भत्किएको छ महिना बित्यो, पुनर्निर्माणमा छैन चासो


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

वीरगंज– बहुदरमाई नगरपालिकाको बहुअरी गाउँ नजिक रहेको गण्डक नहरको तिलावे पुल भत्किएको छ महिना बितिसक्दा पनि पुनर्निर्माणमा कुनै चासो देखिएको छैन ।

पुल भत्किएपछि आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको छ । अहिले चिसो मौसममा खोला तरेर हिँड्नुपर्ने बाध्यता रहेको छ भने वर्षायाममा पानीको सतह बढ्दा आवतजावत पूर्ण रूपमा बन्द हुने जोखिम छ ।

गण्डक सिंचाइ परियोजना अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण भएको यो पुलको आयु ५० वर्ष तोकिएको थियो । पुल भत्किएपछि हाल नदीमा अस्थायी डाइभर्सन बनाइएको छ, तर वर्षायाममा यो व्यवस्था प्रभावकारी नहुने देखिन्छ । सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय, गण्डकका अनुसार पुल निर्माण बारे सडक विभागले जिम्मेवारी लिने चर्चा भएपनि यस बारे कुनै आधिकारिक निर्णय भएको छैन ।

डिभिजनले सम्बन्धित विभाग र मन्त्रालयलाई पुल पुनर्निर्माण बारे जानकारी गराइसकेको भएपनि हालसम्म कुनै प्रतिक्रिया प्राप्त नभएको जनाएको छ । बहुदरमाई नगरपालिकाका अनुसार नगरपालिकासँग पुल पुनर्निर्माणका लागि आवश्यक बजेट छैन ।

प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराए पनि समस्या समाधानमा कुनै प्रगति नभएको स्थानीयको गुनासो छ । स्थलगत निरीक्षणका लागि अधिकारी र जनप्रतिनिधि पुगे पनि पुनर्निर्माण बारे टुङ्गो नलाग्दा समस्या अझै ज्यूँका त्यूँ छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १२ : ३६ बजे

यमदीप दान आज बेलुकीदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघको

सिंहदरबारभित्रै जेब्रा क्रसिङमा गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य गैरे घाइते

काठमाडौँ– सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी

एनपीएल सिजन ३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको

ममता हत्याकाण्डमा नरेशको बयान : शव व्यवस्थापन गरेको स्वीकार

काठमाडौं- अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणका